Krishnasar_Dubble Ad
Barista_Training

ठाकुरबाबाले मनायो ८ औँ स्थापना दिवस

Geruwa GIF

कृष्णसार अनलाइन । ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजारमा ८ औँ स्थापना दिवस भव्य रुपमा मनाइएको छ । ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानको आयोजनामा पालिकाले स्थापना दिवस भव्य रुपमा मनाइएको हो ।

मंगलबार भएको कार्यक्रममा पालिका भित्र बसोबास गर्दै आएका जातजातिहरूका परम्परागत सामाग्री, खाद्य परिकार तथा सांस्कृतिक कार्यक्रम समेत देखाइएको थियो । पालिका भित्रका थारू, मगर, नेवार, ब्राम्हण, क्षेत्री, गुरुङ्ग लगाएतका समुदायहरूले आफ्नो जातिगत पहिचान सहितको पोषाक, झाँकी र परिकारहरूको प्रदर्शनी गरेका थिए ।

पालिकाको स्थपना दिवसको अवसरको राजनितिक दलका प्रतिनिधीहरुले शुभकामना मन्तव्य दिदैँ पालिकाले गरेका राम्रा र सुधार गर्नु पर्ने पक्षहरुको समिक्षा गरेका थिए ।

ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालले हजाराँै हजारले बलिदान गरेर ल्याएको व्यवस्थामा प्रश्न उठ्न थालेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ दलका नेताहरुले गर्ने व्यवहार बोल्ने भाषा, एकअर्का लागि गर्ने गाली, होच्याँउने प्रवृतिका कारण हामीले गरेका कर्महरु अहिले विफल हुदैछ । मैले धेरै कार्यक्रममा भन्ने गरेको छु, हामीले ल्याएको व्यवस्था हामीलाई गाह्रो पर्न थालेको छ । यस्तै गतिविधी रहिरह्यो भने प्रश्न उठ््ने मात्र होइन अहिलेको व्यवस्थाको विरुद्ध आन्दोलन नै हनुसक्छ । त्यसकारण हामी राजनितिक दलहरु संचिन जरुरी छ । ’ उहाँले पालिकाले गरेका राम्रा कामहरुको प्रसंसा र नराम्रो कामको सुझाव सहित आलोचना गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनु भयो ।

Basgadhi PSA_final

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भटट्राइले कार्यक्रममा नगरपालिकामा कार्यरत कर्मचारी लगायत अन्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई समेत पालिकाले सम्मान गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ पालिकाको ८ औँ स्थापना दिवसमा निमन्त्रणालाई स्वीकार गरि पाल्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरूले प्रदान गर्नुभएको सल्लाहसुझाव अनुरूप अघि बढ्ने प्रतिबद्धता सहित ‘ समुन्नत ठाकुरबाबाःसबल नगरवासी’को नारालाई सार्थक तुल्याउन यसरिनै यहाँहरूको साथ, सहयोग र खबरदारीको समेत अपेक्षा गरेको छु ।’

स्थापना दिवसका अवसरमा ठाकुरबाबा नगरपालिकाका उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यार्थी, कृषकहरुलाई समेत सम्मान गरिएको छ । स्थापना दिवसको अवसरमा गरिएका विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट भएका कर्मचारी शिक्षक विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page