bardiyahospital

भाेली देखि शुरुहुने खो–खो लिगको तयारी पुरा

ठाकुरबाबामा रहेकाे खो–खो कभर्डहलमा खेल हुने

Geruwa GIF

बर्दिया । बर्दियाको ठाकुरबाबामा संचालन हुने नेपालकै पहिलो खो–खो लिगको तयारी पुरा भएको छ । जिल्ला ठाकुरबाबा नगरपालिकामा रहेको नेपालकै पहिलो खो–खो कभर्डहलमा सुरु हुने खो–खो लिग संचालनका लागि तयारी पुरा भएको नेपाल खो–खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयाे ।

पहिलो पटक आयोजना हुन लागेको नेपाल खो–खो लिग –२०८१ (ड्रिम खो–खो) मा पाँच टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल खो–खो संघले लिगको आयोजना गरेको हो । लिग चैत्र २४ गतेदेखि ३० गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार लिगमा डेली कन्स्ट्रक्सन राईनोज, न्याचर नेस्ट टाईगर्स, विकास प्रेमी ब्ल्याक बक, सुदूरपश्चिम किंग्स, कञ्चन गडाहवा रोएल्स गरी ५ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

cld

डेली कन्स्ट्रक्सन राईनोजको प्रशिक्षकमा विक्कीराज महर्जन र मार्की खेलाडी राजन वल, न्याचर नेस्ट टाईगर्सको प्रशिक्षक खगेन्द्रबहादुर शाही र मार्की खेलाडी विकरालसिंह रत्गैया, विकास प्रेमी ब्ल्याक बकको प्रशिक्षकमा श्याम बुढाथोकी र मार्की खेलाडीमा झलक वि क, सुदूरपश्चिम किंग्सको प्रशिक्षकमा नागराजु नाथ र मार्की खेलाडीमा हेमराज पनेरु तथा कञ्चन गडाहवा रोएल्सको प्रशिक्षकमा राजकुमार थापा र मार्की खेलाडीमा भरत सारुमगर छनोट भएका छन् ।

भारतमा पहिलो पटक संचालन भएको खो–खो विश्वकपमा नेपाल उपविजेता भएपछि नेपालमा खो–खो खेलको विकासका लागि ऐतिहासिक रुपमा लिग चरणको सुरुवात गरिएको संघका वरिष्ठ शाहीले बताउनु भयाे ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.