bardiyahospital

प्रलेसकाे १३ औँ सम्मेलन आजबाट, मिल्याे भागबण्डा !

Geruwa GIF

जगत वाशिष्ठ/काठमाडाैं । प्रगतिशील लेखक सङ्घ नेपाल भनेको वाम लेखकको साझा मोर्चा सङ्गठन हो । प्रलेसको स्थापना २००९ सालमा भएको हो जसका हिसावले सातदशकभन्दा बढी उमेर पार गरी सकेको छ । प्रलेसको अस्तित्व अहिले संघिय ढाँचामा केन्दीय समिति र प्रादेशिक स्तरमा सातै प्रदेशमा प्रदेश समिति र जिल्लामा जिल्ला समिति र गएको १२औँ राष्ट्रिय सम्मेलनको विधानले पालिका स्तरमासमेत शाखा खोल्ने व्यवस्था गरेको छ ।

प्रलेसमा आवद्धता जनाउँने वाम पार्टीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा सी गरि ६ पार्टीका सांस्कृतिक फाँटका लेखकहरुले पार्टीको आकार अनुसार पदाधिकारी सचिवालय लेखक र कलाकार प्रलेसको केन्द्रीय देखी पालिका स्तरमा नेतृत्वमा सहभागी हुनछन्

cld

प्रलेसको यहि चैत्र २३ र २४ गते प्रलेसको १३औँ राष्ट्रिय सम्मेलन हुँदैछ । प्रलेसको राष्टिय सम्मेलनको पूर्वसन्ध्यामा प्लेसमा भाग लिने पार्टीका सांस्कृतिक फाँछका प्रमुख र प्रतिनिधीको एक बैठकले राष्टिय सम्मेलनमा घटकीय प्रतिनिधित्व, नेतृत्व र सहभागी हुँने संख्या मिलाएको छ ।

विधानले अध्यक्ष एक उपाध्यक्ष महिला सहित दुई, महासचिव, उपमहासचिव सचिव दुई र कोषध्यक्ष इक गरी पदाधिकारी आठ जना र सात जना प्रदेश अध्यक्ष स्वतह केन्दीय सदस्य हुने विधानत प्रावधान रहेको छ भने खुल्ला केन्द्रीय सदस्य ३० जनामा भूगोल समावेशी मिलाएर प्रलेसमा सामेल हुने सांस्कृतिक फाँट वा घटकले आआफ्नो पार्टीको आकार अनुसारको भागबण्डाको बिलो रक्षा गरेका हुन्छन् ।

२२ गते शुक्रबार नेकपा एमाले निकट सांस्कृतिक फाँट राष्ट्रिय जनसांसकृतिक महासङ् नेपालको कार्यालय बागबजारमा बसेको बैठकले प्रलेसको पदाधिकारी केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्यमा सहभागी हुन पाउँने सङ्ख्या टुङ्गयाएका छन् ।

प्रलेसमा पार्टीको आकार अनुसार पदाधिकारीमा नेतृत्वमा आलोपालो हुँने प्रावधान रहेको छ । यसअघि नेतृत्वमा नेकपा माओवादी पार्टीबाट डा. मधुसूदन गिरी अध्यक्ष र महासचिवमा एमालेबाट डा. देवी दुलाल क्षेत्री निर्वाचित भएका थिए ।

आकारका हिसावले मुख्य पद यिनै दुई ठूला पार्टीले ओगटेर अरु पार्टीलाई हामीले दिएको पद लिनेभए लेउ नलिने भए नलेउ भनेर यी दुई ठूला पार्टीले आकारमा साना वाम पार्टीलाई प्रलेसमा मिसाउँनका लागि बिलो छुट्याएजस्तै भिक्षा दिएजस्तै गर्छन् । आकारमा साना पार्टीले नेतृत्व गर्ने सपना कहिल्यै नदेखे पनि हुन्छ । उनिहरुका लागि नेतृत्व बाहेकको पदमा सँधै चित्त बुझाउनुपर्ने हुन्छ । प्रलेसको योभन्दा अघिको विधानमा प्रतिवद्द र अप्रतिवद्द सर्जक प्रलेसको सदस्य बन्नेछ भन्ने थियो ।

तर अहिले आएर १२औँ राष्ट्रिय सम्मेलनबाट बिधानबाट प्रतिवद्द पार्टीको क्याडर मात्रै प्रलेसको सदस्य बन्ने र चुन्न र चुनिन पाउँने बनाईयो । यसले प्रगतिवादी विचार राख्ने स्वतन्त्र वाम लेखकलाई प्रलेसमा सदस्यता लिने व्यवस्था नै बन्द गरिदियो ।

वर्तमान तेह्रौ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा भएको पार्टीको भागबण्डामा नेकपा एमालेले अध्यक्ष सहित पदाधिकारीमा तीन सचिवालय एक केन्द्रीय सदस्यमा ९ र राष्ट्रिय परिषदमा १५पद गरि जम्मा २८पद सुरक्षित गरेको छ ।

अध्यक्ष पदमा औपचारिक रुपमा सम्मेलनको बन्दसत्रपछि निर्वाचन प्कृयामा गएर उमेदवारी दिएपछि घोषण हुँने भए पनि हाल भागबण्डामा अध्यक्ष नेकपा एमालेले पाउँने पालो भएकाले हालका वर्तमान् महासचिव डा. देवी दुलाल क्षेत्री अध्यक्षमा चुनिने निश्चित भएका छन् ।

नेकपा माओेवादीमा महासचिव सहित दुई पदाधिकारी सचिवालय सदस्यमा दुई केसमा ७ र राष्ट्रिय परिषद सदस्यमा १३ गरि सबै २४पद सुरक्षित गरेको छ ।

राष्ट्रिय जनमोर्चाले पदाधिकारीमा एक पद उपाध्यक्ष रहेको छ भने विश्वस्त श्रोतका अनुसार बर्तमान उपाध्यक्ष समीर सिंह पुनः दोहोरिएर उपाध्यक्ष हुने भएका छन् । सचिवालयमा एकजना, केसमा दुई जना र राष्ट्रिय परिषद सदस्यमा ५पद गरि ९ पद सुरक्षित गरेको छ ।

एकिकृत समाजवादी पार्टीले पदाधिकारीमा उपमहासचिवमा एकजना सचिवालय सदस्य एकजना, केस ३ जना र राष्ट्रिय परिषद सदस्य ६ जना गरि सबै ११ पद सुरक्षित गरेको छ । नेकपा मालेले सचिवालय सदस्य एकजना राष्ट्रिय परिषद सदस्य२ जना गरि ३ पद सुरक्षित गरेको छ ।
नेकपा सीले पदाधिकारी एकजना, सचिवालय एकजना केस दुई जना र राष्ट्रिय परिषद सदस्य पाँच जना री ९ पद सुरक्षित गरेको छ ।
यसरी पदाधिकारी सहित केन्द्रीय सदस्यको सङ्ख्या ४५ मा प्रदेश अध्यक्षलाई पदेन केस बनाएकाले पदाधिकारी सहित ३८ पद अधिवेसनबाट चुनिने व्यवस्था रहेको छ ७ प्रदेश अध्यक्ष स्वतह केस हुन् यसरी केसको सङ्ख्या ४५ रहेको छ ।

राष्ट्रिय परिषद नामको कमिटि चुनिदा मात्रै भागबण्डा पुगाईने बैठक बस्नु नपर्ने कमिटि ४६ जनाको रहने विधानमा व्यवस्था गरेको छ । सगोलमा यी दुबै कमिटीलाई राष्ट्रिय परिषद नाम दिएर राष्ट्रिय परिषद ९१ जनाको हुने बनाईएको छ ।

घटक संयन्त्रत्रको बैठककमा नेकपा एमालेका तर्फबाट प्राडा जीवेन्द्रदेव गिरी, प्राध्यापक जगत् उपाध्याय प्रेक्षित, राष्ट्रिय जनसांस्कतिक महासङ्घ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी र उपाध्यक्ष आरसी न्यौपाने रहेका थिए ।

नेकपा माओेवादी केन्द्रबाट ईश्वरचन्द्र ज्ञवाली, प्रलेसका पूर्व अध्यक्ष एवम् जन सांस्कृतिक महासङ्का पूर्व अध्यक्ष मातृका पोखरेल, डा पुष्करराज भट्ट, डा. केसव सिलवाल रहेका थिए । नेकपा मसाल बाट प्रवक्ता रामप्रकाश पुरी रहेका थिए ।

एकिकृत समाजवादीबाट प्रलेसका पूर्व अध्यक्ष डा. अमर गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमाला, प्रलेसका उपमहासचिव बालमुकुन्द कार्की कलाकार ऋषि अधिकारी लगायत रहेका थिए । नेकपा मालेबाट शालिकराम तिमिल्सेना रहेका थिए ।त्यस्तै नेकपा सीका नेकपाबाट कुशल वोगटी, आरोह नेपाली लगायत भएको बताईएको छ । समेतका प्रतिनिधि समेत बैठकमा सहभागी थिए । नाम नबताउँने सर्तमा विश्वस्त श्रोतबाट माथीको भागबण्डाको जानकारी प्राप्त भएको थियो ।
प्रलेस रक्षात्मक अवस्थामा किन ?
नामले मात्रै प्रलेस प्रगतिवादी साहित्यको व्याख्या गर्दा हामी मात्रात्मक कुरा खोज्दैनौ भन्यो गुणात्मक रुपमा अगाडी छौँ भन्यो । विचारले खिइदै गएको विचार भट्यायो बन्द कोठामा गोलमटोल भाषण छाँट्यो । प्रगतिवाद भनेको यो हो हो त्यो हो भन्यो । सबैले अगुवाको अनुसरण गर्ने गरेका हुन्छन् उनिहरूको जीवन व्यवहार हेरेपछि आदर्श एकातिर जीवनव्यवहार सबैभन्दा प्रगतिवादी भनिनेहरूका आचरणमा गनाएको अवस्था सिर्जना भएको छ । हिजोका एक जमानाका प्रलेसका संयोजक राजावादी भए अर्का परिषद सदस्य आज राजा ल्याउँने आन्दोलनको प्रवक्ता भएका छन् । प्रलेसले चुनेका व्यक्तिलाई वैचारिक रूपमा खारेर किन राख्न नसकेको ?
नेतृत्वको जीवन व्यवहार, आदर्श र सिद्धान्त बिस्तारै भातृत्वको अभाव र आफूलाई सामन्त र कार्यकर्तालाई केन्द्रीय जनवादको नाममा रैती सरहको बनाउँदै गएपछि यीं खोक्रा आदर्शले न दाल पाक्छ न भात पाक्छ भनेर जनता दाल भातको जोहो गर्न लागेपछि आपूmले आदर्श मानेका व्यक्तिलाई बिस्तारै छोड्दै गए ।

प्रलेस आजको अवस्थामा रक्षात्मक किन ?
प्रलेसमा अलि पुराना पाका उहिल्यै अलि अलि वैचारिक रूपमा खारिएका अन्त पनि जान नसकेका र त्यहाँ पनि कुनै उपलब्धि नभएका एक तहको जमातले धानिरहेको छ यो जमातले कहिलेसम्म प्रगतिवादी आन्दोलन धान्छ ?

प्रगतिवादी आन्दोलनले युवा पुस्तालाई किन आकर्षण गर्देन ?
किनभने उनका आवश्यकता यी नेताका आदर्श र भाषणले पुग्दैन विश्वप्रविधिमय भैसकेपछि आजको युवा विश्व भुमण्डलीकरणले त्यससँग प्रतिष्प्रधा गर्नमा आफ्नो मष्तिष्क खर्च गरिरहेको छ । आजको खिइदै गएको वादका पछाडी लागिर केहि हुने छैन भनेर अवसरको ढोकाको खोजिमा लागेकाले आजको प्रगतिवादी साहित्यले युवालाई आकर्षण गर्न सकेको छैन यसमा प्रलेसको आउँने नेतृत्वले गम्भीर भएर सोच्ने छ ।

प्रलेस यति साँघुरो किन ?
भन्ने बेलामा विश्व साहित्य भनेर भाषण गरी नथाक्ने प्रलेसमा प्रवेशको ढोका थुनेर प्रलेस मात्रात्मक रुपमा अगाडी बढ्ला ? मात्रात्मक रूपमा कार्यक्रम गर्न नसक्ने भखैर दार्ता भएका पार्टीका लेटरप्याडलाई लिएर लेटरहेड पार्टी भनेजस्तै मात्रात्मक रूपमा बहस गर्न छोडेर लेटरप्याडमा प्रेश विज्ञप्ति दिएर पुग्ने भए त ठिकै छ । तत्र प्रलेसले आफूलाई रुपान्त्रण गरेर फराकिलो पौडी पोखरी निमाण नगरेमा एक दिन इतिहासमा प्रलेस थियो भनेर खोज्नु पर्ने दिन आउँने छ । यसका लागि प्रलेसमा आस्था राख्ने सबै स्वतन्त्र व्यक्तित्वलाई पनि प्रवेशको ढोका खोलोस् निसंकुशताबाट मुक्त बनोस फेरी पनि प्रलेसको निर्वाचित हुँने भावि नव नेतृत्वलाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना सहित प्रलेसको १३औँ राष्ट्रिय सम्मेलनको भव्य सफलताको शुभकामाना ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.