bardiyahospital

महासङ्घले गरेको शैक्षिक हडतालको घोषणाले ७० लाख बालबालिका प्रभावित

Geruwa GIF

कृष्णसार अनलाइन । नेपाल शिक्षक महासङ्घले गरेको शैक्षिक हडतालको घोषणाले ७० लाख बालबालिका प्रभावित हुने भएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने माग राख्दै आएको महासङ्घले गरेको शैक्षिक हडतालको घोषणा ७० लाख बालबालिका प्रभावित हुने भएको हो । 

 काठमाडौंमा  सडक आन्दोलन गर्दै आएको शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गरेसँगै पठनपाठन प्रभावित हुने भएको छ । महासङ्घले हिउँदे अधिवेशन अन्त्य भएपछि शिक्षा ऐन जारी गर्न तीन विकल्प अघि सारेको छ । विशेष वा बर्खे अधिवेशन डाकेर वा अध्यादेशबाट विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग महासङ्घले अघि सारेको छ ।  भने शिक्षक माग प्रति सरकार सकारात्मक नरहको गुनासो शिक्षकहरूले गर्दै आएका छन् । 

cld

सरकारले आफ्ना मागमा बेवास्ता गरेपछि चैत २० देखि जारी आन्दोलनलाई सशक्त बनाउन भन्दै सोमबारबाट शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा महासचिव तुलबहादुर थापाले विज्ञप्ति जारी गरेर देशभरका सबै विद्यालय बन्द गरी शिक्षकशिक्षिकाहरूलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेको छन् । 

 महासङ्घले वैशाखदेखि सुरु हुने शैक्षिक सत्रको थालनी नगर्ने बेला महासङ्घले उत्तरपुस्तिका परीक्षण नगर्न, नतिजा प्रकाशन नगर्न, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन शिक्षकहरूलाई अपिल गरेको छ ।

३४ हजार विद्यालयका ७० लाख बालबालिकाको शैक्षिक गतिविधि प्रभावित हुनुका साथै एसईईमा सहभागी ५ लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने
हडतालका कारण ७० लाख बालबालिकाको शैक्षिक गतिविधिको तयारी बिथोलिनुका साथै एसईईमा सहभागी ५ लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने भएको छ । चैत महिना विद्यालयहरूमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीको नतिजा प्रकाशन सहित नयाँ भर्ना र शैक्षिक सत्र सञ्चालनमा प्रभाव पर्ने भएको छ । 

सरकारसँग २०७५, २०७९ र २०८० मा शिक्षक महासङ्घसँग सहमति गरेको थियो । तर सरकारले महासङ्घसँग गरेको सहमति कार्यान्वयन गर्न सकेको छैन् ।  शिक्षकले जिल्ला शिक्षा कार्यालय राख्ने र स्थानीय तह मातहत नबस्ने शिक्षकको माग लगायतका माग पुरा हुनुपर्ने माग सहित शिक्षकहरू आन्दोलनमा रहेको छन् । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.