
प्रकाश पौडेल, गुलरिया । दिनहुँ चितुवा देखिन थालेपछी स्थानीय चिन्तित बन्न थालेका छन् । गुलरियामा रहेको सामुदायिक वन तथा केरा बारीलाई चितुवाले देखिन थालेपछी स्थानीहरू चिन्तित बन्न थालेका हुन ।
निकुञ्जमा बाघको सङ्ख्या बढेसँग चितुवाले बसाइसराइ गर्न थालेका छन् । यस अति कहिले नदेखिने स्थानमा चितुवा देखिन थालेको छ । भने गुलरिया तथा मधुवनसँग सिमाना जोडिएको कर्तनिया वाइल्ड लाइफ सेन्चुरीबाट समेत चितुवा बस्तीमा आउन थालेपछी स्थानीय चिन्तित बन्न थालेका हुने गरेका छन् ।

गुलरिया नगरपालिका –१ गाउँ नम्बर १६ का कृष्ण भुसालले गाउँमा चितुवा आउँदा स्थानीय पशु मार्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ कहिलेकाँही साँझपख चितुवासँग जम्मा भेट हुन्छ । तर आजसम्म चितुवाले आक्रमण गरेको छैन् । दिनहुँ चितुवाको गाउँमा आउँदा गाउँका त्रास बढेको छ । साँझपख र रातको समयमा केही समस्या परेपछि घरबाहिर आउन पनि समस्या हुने गरेको छ । ’
३ महिनामा २ जनाको मुत्यृ ३ जना घाइते
भारतको कर्तनिया वल्र्ड लाइभ सेन्चुरी जोडिएको मधुवन नगरपालिका –७ भाट चोकमा फागुन ३ गते साँझ आँगनमा खेलिरहेको २ वर्षीय बालक रिहान चलाउनेको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । भने माघ २५ गते मधुवन नगरपालिका–७ गंगाबस्तीकी ५१ वर्षीया जुना कुमारी लामिछानेको खेतमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमणबाट मुत्यृ भएको थियो ।
बारबर्दिया नगरपालिका –४ ३५ वर्षीया उर्मिला थारुलाई बैशाख १ गते सामुदायिक वनमा चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । वनमा गएकी उर्मिला भने खेतमा गहुँ काटिरहेका अवस्थामा गुलरिया नगरपालिका –४ का ६५ वर्षीय बिकुलाल थारुलाई चैत्र २६ गते बुधवारको चितुवा आक्रमण गरी घाइते बनाएको थियो । हजुरआमा खेतमा गएका गुलरिया नगरपालिका –५ का ९ वर्षीय उमेश चौधरीलाई चैत्र २० गते आक्रमण गरी घाइते बनाएको थियो ।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले समुदायमा चितुवाको गतिविधि बढेसँगैै चितुवालाई समाउनका लागि पासो थापिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ चितुवाको आक्रमण बढेपछि विभिन्न स्थानमा सिसिटिभी जडान गरी चितुवाको गतिविधि निहाली रहेको छौ । चितुवालाई नियन्त्रण लिनका लागि प्रयास गरिरहेको भएपछि चितुवालाई नियन्त्रणमा आउन सकेको छैन् । चितुवालाई पासोमा पार्ने बितीकै समुदायमा चितुवाको कारण हुने जोखिम हुन्छ ।’


