Division forest_Ads
Barista_Training

मधुवनमा शितभण्डार सञ्चालनमा

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया
बर्दियाको मधुवन नगरपालिका वडा नं ६ मा शितभण्डारको सुरुवात भएको छ । दुई सय मेट्रिकटन आलु वा फलफुल भण्डारण गर्न सकिने शितभण्डार सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको हो ।

शितभण्डारको सांसद एवं पुर्व उद्योग वाणिज्य तथा आपुर्ति राज्य मन्त्री विमला वि.क, प्रदेशसभासद् कुलप्रसाद पोखरेल र मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ ।


शितभण्डार दुई करोड ३० लाखको लागतमा निर्माण भएको हो । प्रदेश सरकारको ७० प्रतिशत र सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको ३० प्रतिशत लगानीमा शितभण्डार निर्माण भएको सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक दयाराम तिवारीले बताउनु भयो ।

शितभण्डार सुरु भएपछि बर्दिया जिल्लामा उत्पादन भएको आलु भण्डारण गर्नका लागि जिल्ला भन्दा बाहिर लैजानु पर्ने अवस्था थियो । बर्दियामा उत्पादित विउ र खायन आलु कैलाली र बाँके जिल्लामा लैजानु पर्ने बाध्यता थियो । शितभण्डार खुल्ने भएपछि यस बर्ष मधुवन नगरपालिका लगाएतका क्षेत्रमा यस बर्ष आलु खेती गर्ने कृषकको संख्यामा बृद्धि भएको छ । गतबर्षको तुलनामा मधुवन नगरपालिकामा आलुको उत्पादन समेत बढेको छ ।

Basgadhi PSA_final

शितभण्डारको उद्घाटन गर्दै प्रमुख अतिथी एव पुर्वराज्य मन्त्री वि.क.ले कृषकहरुको उत्पादन शितभण्डारमा राखेर उपयुक्त मुल्य आउने समयमा विक्रि गर्नका लागि उपयोगी हुने बताउनु भयो । उहाँले भन्नु भयो –‘कृषिमा आधुनीकीकरण गरेर यसलाई भरपुर सदुपयोग गरौँ ।’

कार्यक्रमका विशिष्ट अथिती प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले कृषि मार्फत आयआर्जन बढाएर विदेशमा पलायन हुने युवा शक्तीलाई स्वदेशमै स्वरोजगार सिर्जना गर्नका लागि यस्ता कार्यक्रम ल्याईएको बताउनु भयो । शितभण्डार सहायक चिज भएको बताउँदै पोखरेलले यसको सदुपयोग गर्नका लागि उत्पादन बढाउनु पर्ने बताउनु भयो ।

मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले उत्पादन गरेका वस्तुहरुलाई व्यवस्थीत गर्नका लागि शितभण्डारको निर्माण गरीएको बताउनु भयो । शितभण्डारलाई अझ उपयोगी बनाउनका लागि व्यवसायीक कृषि प्रणालीमा नगरपालिकाले जोड दिईरहेको बताउनु भयो ।

सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष धर्मराज थापाले हाल बनेको शितभण्डारमा आलु र टमाटरमा राख्न मिल्ने बताउँदै प्याज राख्नका लागि थप अर्को शितभण्डार निर्माणका लागि पहल गर्ने बताउनु भयो । उत्पादन भएको आलु राख्नका लागि सबै कृषकहरुलाई राखेर लाभ उठाउन अनुरोध गर्नु भयो ।   

Leave A Reply

Your email address will not be published.