
कृष्णसार अनलाइन । बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु सप्ताहको अवसर पारेर निकुञ्ज सरसफाइ गरिएको छ । निकुञ्जको कार्यालयले पूर्वपश्चिममा राजमार्गमा अन्तर्गत भुरिगाउँ चिसापानी सडक खण्डमा सरसफाइ गरेको हो ।
निकुञ्जको बाटो भएर हिड्ने सवारी साधनमा यात्रामा गर्ने यात्रुले फालेका पानीको बोतल, प्लास्टिकमा पोका लगायतका फोहरहरू सङ्कलन गरेर हो । निकुञ्जमा फालिएको प्लास्टिकले वन्यजन्तुलाई असर पुग्ने भएको निकुञ्ज सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताउनु भयो । उहाँले निकुञ्ज बाटो भएर यात्रा गर्ने यात्रुलाई निकुञ्जभित्र फोहर फाल्नु हुदैन भन्ने सन्देश दिनका लागि पनि सरसफाइ गरिएको बताउनु भयो ।


निकुञ्जले वन्यजन्तु सप्ताह बाहेकको अन्य समयमा पनि निकुञ्जको फालिएको फोहर सङ्कलन गर्न सरसफाइ गर्ने गरेको छ ।


