bardiyahospital

प्रेमको घरभित्र पनि एक शासन चल्यो

गजल 

Geruwa GIF

– प्रकाश पौडेल 

यो एक युगको कथा हो उनले भनिन् ।
फूलसँग खै कुन्नी केके जुनले भनिन् ।।

cld

हिरा मोतिको उनी बयान गर्दै थिइन्
चाँदीलाई यो कुरा आज सुनले भनिन् ।। 

उनी आउँदा केवल उनी मात्र आउन
यादहरूको पुरानो मलाई धुनले भनिन् ।। 

प्रेमको घरभित्र पनि एक शासन चल्यो
मुलुकी ऐेन नियम अनि कानुनले भनिन् ।।

प्रकाशको मनमुटु मस्तिष्कमा बसेकी थिइन्
महफिलमा यो खबर कुन कुनले भनिन् ।।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.