
काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापालाई सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन आदेश दिएको छ ।
अदालतमा परेको थापाविरुद्ध अवहेलना निवेदनमा माथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेत विचार गर्न’ भन्दै विचाराधीन मुद्दा अभिव्यक्ति नदिन आदेश दिएको हो ।

न्यायनिरूपण प्रतिकूल असर पर्नेगरी संसद्मा समेत अभिव्यक्ति दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको भन्दै सर्वोच्चले संवेदनशील हुनुपर्ने आशयमा आदेश जारी गरेको हो ।आदेशमा भनिएको छ , ‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू ।’
सर्वोच्चले विचाराधीन मुद्दामा सङ्घीय संसद्को सदनमा समेत छलफल नगरिने मान्यता भएको भन्दै थापाको ध्यानाकर्षण गराएको हो ।
अधिवक्ता अनन्तराज लुँइटेल लगायतले केही दिनअघि काङ्ग्रेस महामन्त्री थापाले ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनी अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्ति विरुद्ध अवहेलनाको कारबाही माग राखी सर्वोच्चमा निवेदन दिएका थिए


