
गुलरिया । नेकपा एमाले बर्दिया स्कुल विभागले बर्दियाका दुई स्थानमा जेठ १ गते देखि ३ गते सम्म आवाशिय प्रशिक्षक प्रशिक्षण गर्ने भएको छ । पार्टीका कार्यकर्तालाई वैचारिक र अनुशासित बनाउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको नेकपा एमाले बर्दियाका प्रचार विभाग प्रमुख झविन्द्र खत्रीले बताउनु भयो ।
सङ्घीय निर्वाचन क्षेत्र नं १ का लागि बाँसगढी पुस्तकालय भवन किसान चोक र सङ्घीय निर्वाचन क्षेत्र नं २ को लागि भुरिगाउँको कासा कटेजमा प्रशिक्षण दिइने उहाँले बताउनु भयो ।
प्रशिक्षणका लागि प्रमुख प्रशिक्षकको रुपमा नेकपा एमाले पार्टी उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली रहनु भएको छ भने नेकपा एमाले स्थायी कमिटी सदस्य एव सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी र पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालाले समेत प्रशिक्षण दिनु हुने विभागका प्रमुख खत्रीले बताउनु भयो ।


