bardiyahospital

अन्तराष्ट्रिय जैविक विविधता दिवसमा चित्रकला तथा वक्तृत्व कला प्रतियोगिता

Geruwa GIF

 कृष्णसार अनलाइन । बर्दियामा अन्तराष्ट्रिय जैविक विविधता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । मधुवन नगरपालिका –१ सूर्यपटुवामा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा र्‍याली चित्रकला तथा वक्तृत्व कला प्रतियोगिताका कार्यक्रम गरिएको छ । 

मानवीय क्रियाकलापका कारण जैविक विविधता नष्ट हुने सम्भावना दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो समयमा भएको रासायनिक हतियार, बारुद, खेतबारीमा हुने मल तथा विषादीको प्रयोग प्लास्टिक जन्य झोला अन्य साम्रागी अव्यवस्थित विकास लगायत कारण जैविक विविधता नष्ट हुनुको साथै पृथ्वी तथा मानवको अस्तित्व समेत सङ्कटमा पर्दै गएको छ । 

cld

कार्यक्रममा बोल्दै विद्यालयका प्राधानाध्यापक इन्द्र बहादुर सुनारले प्राकृतिक सम्पदा भइरहेको दोहन ,विषादी  लगायतका मानवीय गतिविधिको कारण जैविक विविधतामा हास्र आउँदै गइरहेको  बताउनु भयो । उहाँले भन्नुभयो , ‘ जैविक विविधताको संरक्षण र प्रर्वद्धन गर्नका लागि  सबै सरोकार निकाय लाग्नु पर्छ । जैविक विविधता कारणबाट हुने हानीको बारेमा समुदाय स्तरबाट  पनि यसलाई जोगाउन लाग्नुपर्ने हुन्छ ।’

त्यसैगरी सम्वर्द्धन परियोजनाका पैरवी अधिकृत जमन जोशीले जैविक विविधताका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले विद्यालय तहबाट नै विद्यार्थीलाई जैविक विविधताको बारेमा बुझाउन सकेमा विद्यार्थीहरू जैविक विविधताको संरक्षणमा लाग्ने भएकोले पनि विद्यार्थीलाई जैविक विविधताको बारेका बुझेका कुरा अन्य विद्यार्थीका माझमा राख्न पनि चित्रकला तथा वक्तृत्व कला प्रतियोगिता कार्यक्रम गरिएको हो । 

विद्यालयमा भएको वक्तृत्व कला ठाकुरबाबा तथा मधुवन नगरपालिका गरी ७ वटा विद्यालयका १४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।  जसमध्ये नेपाल राष्ट्रिय माध्यामिक विद्यालय धनौराकी श्रीतिका भट्टराई पहिलो, त्रिभुवन माध्यामिक विद्यालयकी पार्वती आचार्य  दोस्रो, त्रिभुवन माध्यामिक विद्यालयका  राकेश थारू तेस्रो र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय धनौराका कृष्ण थारू गुराँस माध्यामिक विद्यालयकी स्मरण न्यौपाने चौथो भएको भएको विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर सुनारले बताउनु भयो । 

अन्तराष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजना, European Union Austrian Development Cooperation आर्थिक सहयोग सञ्चालित सम्वर्द्धन परियोजनाको सहयोगमा  र्याली, चित्रकला, वक्तृत्व कला कार्यक्रम गरिएको हो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.