
प्रकाश पौडेल , गुलरिया । बर्दियामा सर्पको टोकाइबाट महिला मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका – १ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।
बिहीवार खेतमा काम गरिरहेको समयमा थारूलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि बर्दिया अस्पताल गुलरियामा लगिएको थियो ।

अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका अस्पताल थारूलाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको अस्पताल मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो । भने थारूको उपचारको क्रममा शुक्रवार दिउँसो १२ बजेर २० मिनेटमा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिनुभयो ।


