bardiyahospital

कुलोमा पानी ल्याउन चार हजारभन्दा बढी किसानले गरे श्रमदान

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सिँचाइका लागि कुलोमा पानीको अभाव भएपछि किसानले श्रमदान गरेर पानी ल्याएका छन्। शुक्रबार दुई पालिकाका चार हजारभन्दा बढी किसानले श्रमदान गरी कुलोमा पानी ल्याएका  हुन्। 

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान सुपर जोनको रूपमा विकास गर्नका लागि लगानी गरेको छ, तर  मल, बिउ, मेसिन लगानी गरेको भए पनि सिँचाइको लागि उचित व्यवस्थापन नहुँदा वर्षेनी किसानले सिँचाइका लागि पानीको अभाव भोग्दै आएका छन्। 

cld

कर्णाली नदीको पानी खेतबारीसम्म ल्याउनका लागि  प्रत्येक वर्षझैँ स्थानीयले स्थानीयस्तरमा पाइने स्रोतसाधनको प्रयोग गरेर कुलोमा पानी ल्याएका छन्। करिब सयभन्दा बढी ट्रयाक्टरमा स्याउला ल्याएर स्थानीयले श्रमदानसमेत गरी बुढीकुलोमा पानी ल्याइएको स्थानीय दयाराम वैद्यले बताए। 

गेरुवा गाउँपालिकाका यज्ञविक्रम शाहीले सरकारले चैतेधान लगाउन प्रोत्साहन गरेको छ, तर चैतेधानमा सिँचाइ गर्नका लागि पानी नहुँदा किसानले वर्षेनी समस्या भोग्नुपरेको बताए। उनले भने, ‘गेरुवा र राजापुरका किसानले ज्यानको  बाजी राखेर पानी ल्याउन काम गर्दा समेत  स्थानीय, प्रदेश र केन्द्रीय सरकारको आँखा अझै पुग्न सकेको छैन।’

बर्दियामा यस वर्ष  राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिका गरी करिब आठ सय हेक्टरमा चैतेधान खेती गरिएको छ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.