
ज्ञानेन्द्रराज पोखरेल बढैयाताल । अखिल नेपाल किसान महासङ्घ बढैयाताल पालिका कमिटीको अध्यक्षमा राम हर्ष थारू र्निविरोध निर्वाचित हुनु भएको छ । आइतबार मैनापोखरमा भएको दोस्रो अधिवेशनले ११ सदस्यहरू भएको बढैयाताल गाउपालिका कमिटी निर्विरोध हुनु भएको हो।
उपाध्यक्षमा मधु थारू सचिव नारद मुनी थारू , उपसचिवमा शालिकराम थारू, कोषाध्यक्ष मा सुमित्रा पौडेल सदस्य मा ईश्वरी प्रसाद थारू , राम बुझावन थारू लगायत र्निविरोध निर्वाचित हुनु भएको हो।

भने आज सम्पन्न दोस्रो अधिवेशन का प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घ का केन्द्रीय सदस्य बिर बहादुर थारूले निर्वाचित कार्यसमिति लाई महासङ्घको विधान अनुसार शपथग्रहण गराएका थिए भने आजका अधिवेशनका विषेश अतिथि नेकपा एमाले बढैयाताल पालिका कमिटीका अध्यक्ष प्रेमराज त्रिपाठी रहेका थिए भने दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रम निर्मला आर्चायको सभापतित्व सम्पन्न भएको थियो ।


