bardiyahospital

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि स्थानीय गरे सडक अवरुद्ध

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा स्थानीयले  जिल्ला प्रशासन कार्यालय  घेराउ गरी सडक अवरुद्ध गरेका छन्। चितुवाको  आक्रमणबाट मृत्यु भएकी गुलरिया–  ५, बालापुरकी ६ वर्षीया सायरा थारूका आफन्त र गाउँलेले   जिल्ला प्रशासन कार्यालय अगाडिको सडक अवरुद्ध गरेका हुन।   

बुधबार बिहान करिब नौ बजे बालिका शौचालय जाँदा चितुवाले आक्रमण गरेको थियो। आक्रमणपछि घाइते बालिकालाई तत्काल उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएको थियो । साढे नौ बजे बालिकाको मृत्यु भएको थियो। गुलरियामा चितुवाको आक्रमणबाट  पटकपटक मृत्यु हुँदासमेत  डिभिजन वन कार्यालयले चितुवालाई नियन्त्रण गर्न खासै चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित बनेका  छन्।

cld

गुलरिया– ५, बालापुरका  दिनेश  चौधरीले पटकपटक चितुवाले आक्रमण गरी बालबालिका मृत्यु हुँदासमेत डिभिजन वन कार्यालयले चासो नदिएको गुनासो गर्नुभयो उहाँले भन्नुभयो , ‘स्थानीयले  चितुवा पक्रेर लैजान पटकपटक आग्रह  गर्दा समेत डिभिजन वन कार्यालय चासो दिएको छैन । जब चितुवाले आक्रमण गर्छ, त्यसपछि चितुवा  पक्रन खोजजस्तो गरे पनि कार्यालयले केही  काम गरेको छैन।  कि कार्यालयले चितुवा पक्रेर लैजानु पर्‍यो कि हामीलाई मार्न दिनुपर्‍यो ।’

दिउँसो १ बजेको समयमा करिब एक घण्टा सडक  अवरुद्ध गरेका थिए ।  स्थानीय गरेको अवरोध करिब एक घण्टापछि खुलेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.