
प्रकाश पौडेल, गुलरिया । बर्दियाको बढैयाताल गाउँपालिका एक पुरुषको बेवारिसे शव फेला परेको छ। बढैयाताल गाउँपालिका – ८ तिलकानामा अन्दाजी ४०/४६ वर्षको पुरूषको शब फेला परेको हो ।
मङ्गलबार साँझ साढे ६ बजेको समयमा तिलकानाको सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा शब फेला परेको शब कसको भन्ने पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्बरपालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ शवको पहिचान हुन नसकेको हुँदा मृतकको शब बर्दिया अस्पताल गुलरियामा राखिएको छ । मृतकको कपाल फुलेको दाही जुँगा हल्का फुलेको छ, भने हाप् पाइन्ट लगाएको छ ।


