
कृष्णसार अनलाइन । सम्वर्द्धन परियोजनाले सञ्चालन गरेको आयोजनाले स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीले बताउनु भएको छ । सम्वर्द्धन परियोजना सञ्चालन भएका आयोजनाको अनुगमन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
मधुवन नगरपालिकामा सम्वर्द्धन परियोजनाले जैविक विविधताको संरक्षण गर्नका लागि काम गर्दे आएको छ । परियोजनाले पालिकासँग सहकार्य गरि स्थानीय वन ऐन निर्माणमा सहजीकरण , विद्यालय र सामुदायिक वनमा उपभोक्तामा समूह र कृषि समुह काम गर्दै आएको छ । सोही कामहरूको पालिकाले शुक्रबार अनुगमन समेत गरेको छ ।

पालिकाकी उपप्रमुख चौधरीले जैविक विविधता विनाश भइरहेको समयमा परियोजनाले जैविक विविधताको लागि काम गर्नु सकारात्मक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ परियोजनाले वन समुदायमा मार्फत समुदायमा नागरिकको सचेतना बुद्धि गरेको पाइएको छ । भने किसानलाई कुरिलो खेती गर्न प्रोत्साहित गरिएको छ । परियोजनाले गरेको कामको अनुगमन गर्दा यसले मानव वन्यजन्तु द्धन्द न्यूनिकरणका लागि काम गरेको देखिन्छ ।’
मधुवन नगरपालिका – १ डल्लाका पदम थारूले परियोजनाले सिँचाइ गर्नका लागि स्यालो ट्युब वेल सिँचाइको व्यवस्थापन गरिदिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ परियोजनाले सिँचाइ गर्नका लागि परियोजनाले बोरिङ जडान गरिदिएको छ । यसबाट कृषि उत्पादन बढ्ने छ । भने यसबाट १३ घरधुरीले प्रत्यक्ष फाइदा पाउने छन् । गत वर्ष जस्तै अब पानीको अभावले भोग्नु पर्ने छैन् । यसले गर्दा उत्पादनमा समेत बढ्ने छ ।’

सम्वर्द्धन परियोजनाको पैरवी अधिकृत जयन जोशीले समुदायमा जैविक विविधताको महत्व बुझाउने, स्थानीय तहसँग सहकार्य गर्ने, स्थानीयको आर्थिक अवस्थामा सुधार गर्नका लागि आवश्यक पर्ने ज्ञान सीप समुदायका नागरिकलाई सहयोग गर्ने र विद्यार्थीलाई जैविक विविधताको महत्व बुझाउने लगायतका काम गरिएको बताउनु भयो ।
युरोपियन युनियन, अष्ट्रियन डेभलपमेन्ट कोपरेशनको आर्थिक सहयोगमा सञ्चालित सम्वर्द्धन परियोजना बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा परियोजनाले काम गरिरहेको सम्वर्द्धन परियोजना बर्दियाका फिल्ड सहजकर्ता लोकराज परियारले जानकारी दिनुभयो ।


