bardiyahospital

आज बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

Geruwa GIF

 काठमाडौँ । आज बालबालिकामाथि हुने अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८२ को अगष्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यो दिवस मनाउने निर्णय गरेको थियो।

cld

यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो।

बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा संयुक्त राष्ट्रसङ्घले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ।

आज पनि विश्वका कैयौं बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन्। सन् २०१५ मा पारित २०३० का लागि दिगो विकास एजेण्डाले बालबालिकाको सुरक्षाका लागि स्पष्ट लक्ष्य तय गरेको छ।

लक्ष्य १६.२ अन्तर्गत सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा र दुर्व्यवहार विरुद्ध कठोर कदम चाल्ने योजना समेटिएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.