
प्रकाश पौडेल, गुलरिया । ठाकुरबाबा नगरपालिका जैविक विविधता संरक्षणका लािग अन्तरक्रिया गरिएको छ ।वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका तथा जैविक विविधताको अभिलेखीकरण मार्गदर्शन माथि छलफल कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्न र वन्यजन्तुको कारण हुने क्षतिमा छिटोछरितो तरिकाले कसरी राहत प्रदान गर्न तथा जैविक विविधताको कसरी संरक्षण गर्न सकिन्छ भनेर ‘ वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका तथा जैविक विविधताको अभिलेखीकरण मार्गदर्शन माथि छलफल कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम गरिएको सम्वर्धन परियोजनाका पैरवी अधिकृत जयन जोशीले बताउनु भयो ।

स्थानीय स्तरमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, प्रभावित व्यक्तिहरूलाई समयमै राहत उपलब्ध गराउने प्रक्रिया सरल बनाउने, तथा जैविक विविधताको संरक्षण र अभिलेखीकरणको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको पालिका नगरप्रमुख तिलक लम्सालले बताउनु भयो ।
कार्यक्रममा सहभागीले निर्देशिका र मार्गदर्शन दस्तावेजहरूमा आफ्नो विचार, सुझाव तथा अनुभव साटासाट गर्दै कार्यान्वयन पक्षलाई अझ प्रभावकारी बनाउनु पर्नेमा अधिकांशको जोड रहेको थियो ।


