bardiyahospital

निशुल्क र गुणस्तरीय शिक्षा कागजमा सीमित भएको अभिभावकको गुनासो

Geruwa GIF

ज्ञानेन्द्रराज पोखरेल, मैनापोखर ।  बढैयाताल गाउँपालिका भित्रका अधिकांश विद्यालयहरूले विद्यालय सहयोगको नाउँमा अभिभावकबाट  पाँच सय देखी सात आठ हजार रुपैयासम्म शुल्क लिने गरेको अभिभावकले गुनासो गरेका छन् ।

सरकारले माध्यामिक तहसम्मको शिक्षा लाई अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको भएयता पनि पालिकाभित्र रहेका विद्यालयले सहयोगका नाममा अतिरिक्त शुल्क लिने गरेको पाइएको छ । । भने सामुदायिक विद्यालयमा शिक्षाको अवस्था खस्कँदै गएकोमा अभिभावकले चिन्ता समेत व्यक्त गरेका थिए । 

cld

पालिका रहेका रहेका विद्यालयले सहयोगमा नाममा पाँच सयदेखि ८ हजारसम्म शुल्क लिने गरेको कार्यक्रममा सहभागी फुलाराम थारूले बताउनु भयो । त्यसैगरी सरस्वती माध्यामिक विद्यालय जगतियामा कक्षा ९ मा पढ्ने सुमित थारूले विद्यालयले सहयोग शुल्क भनेर  एक हजार २ सय ५० रुपैयाँ लिने गरेको बताउनु भयो । 

पालिकाले विद्यालयमा विद्यार्थी सङ्ख्या अनुसार शिक्षक दरबन्दी नदिएको हुँदा निजी स्रोतबाट शिक्षक व्यवस्थापन गर्नुका विद्यालयमा अन्य खर्च लागि बजेट नहुँदा अभिभावकसँग छलफल गरी सहयोग उठाउने गरिएको सरस्वती माध्यामिक विद्यालयका प्राधानाध्यापक बुद्धिराम थारूले बताउनु भयो । 

पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले विद्यालयले विद्यार्थीसँग शुल्क लिएको विषयमा   आफूलाई जानकारी नभएको  बताउनु भयो । उहाँले भन्नुभयो, ‘ कसैले पढ्न पाठनको नाउमा अनावश्यक शुल्क उठाएको भए त्यस बारेमा बुझेर कदम चाल्ने छु ।

कार्यक्रमको सहजीकरण कमैया महिला जागरण समाजका संयोजक रमेश कुमार चौधरी गर्नु भएको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.