
कृष्णसार अनलाइन । बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका –८ तिल्कानाकी ६० वर्षीया गंगादेवि आचार्यको बुधबार करेन्ट लागेर बुधबार मृत्यु भएको हो ।
बिहान घर नजिकै रहेको धारा चलाउँदा मोटरबाट करेन्ट लिक भई आचार्यको दाहिने हातमा करेन्ट लागेको थियो । घाइते आचार्यलाई उपचारको लागी नर्सिङहोम नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं बर्दिया विपद व्यवस्थापन समितिको सम्पर्क व्यक्ति विमल गुरुङले बताउनु भयो ।

बर्दियामा जेठ महिनामा मात्र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । करेन्ट चुहावट भएर, विद्युत् सर्ट भएर, व्यक्तिगत असावधानीका कारणले करेन्ट लागेर मृत्यु हुने गरेको छ । मृतकको पोस्टमार्टम बुधबार भेरी अस्पताल नेपालगञ्ज भएको छ ।


