bardiyahospital

ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको बाँसगढी– १, चेपाङमा मोटरसाइकल र ट्रक ठोकिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । मोटरसाइकल र ट्रक ठोकिँदा मोटरसाइकलचालक दैलेखको दुल्लु नगरपालिका– १ का ४२ वर्षीय मानबहादुर खड्काको मृत्यु भएको हो ।

रत्न राजमार्गअन्तर्गत बाँसगढी नगरपालिका– १, चेपाङमा बिहीबार दिउँसो २ बजेको समयमा ना ३ ख ३८९९ नम्बर ट्रक र भे १३ प ४४८२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएको थियो। दुर्घटना भएलगत्तै मोटरसाइकलचालक खड्कालाई कोहलपुर मेडिकल लगिएको थियो।

cld

टाउकोमा गम्भीर चोट लागेका खड्कालाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुधीर खड्काले बताउनु भयो । ट्रकचालक कैलालीको गोदावरी नगरपालिका– ८ का ४३ वर्षीय राजेश रानामगरलाई प्रहरीले नियन्त्रण लिएको छ।

बर्दियामा चालू आर्थिक वर्ष ०८१/८२ को जेठ २९ गतेसम्म सडक दुर्घटना परी ३२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, आर्थिक वर्ष ०८०/८१ मा २६ जनाको र आर्थिक वर्ष ०७९/८० मा ३३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण डाँगीले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.