
कृष्णसार अनलाइन । नेकपा एमालेको भ्रातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) अध्यक्षमा डाक्टर सुजन कडरिया विजयी हुनु भएको छ । आफ्नो प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको २४ औँ अध्यक्षमा कडरिया विजयी हुनु भएको हो ।
अखिलको मतगणना स्थलमा रहेका नेकपा एमाले नेता माधव ढुङ्गेलले कडरियाले ७३२ मत प्राप्त गरी जित हात पार्दा अध्यक्षका अर्का उम्मेदवार पौडेलले ७२५ मत प्राप्त गरेको बताउनु भयो ।

त्यसैगरी उपाध्यक्षमा विकास श्रेष्ठ, अञ्जना सिवाकोटी, महासचिवमा दीपक धामी, उपमहासचिवमा कमल जोशी, र सचिवमा आकाश घर्तीमगर, रचना सापकोटा समिम बाबु खान र गोपाल नेपाल निर्वाचित हुनु भएको निर्वाचन मण्डलले जनाएको छ ।
विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ मध्ये १४५० मत खसेका थियो ।


