bardiyahospital

दुर्गा प्रसाईंलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश

Geruwa GIF

कृष्णसार अनलाइन । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोप लागेका दुर्गा प्रसाईंलाई जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएको छ। गत  चैत १५मा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोप लागेका प्रसाईंलाई  न्यायाधीश धुव्रराज कार्कीको इजलासले बिहीबार थुनछेक आदेश सुनाएको हो। 

थुनामा पठाउने आदेशसँगै प्रसाईको क्यान्सर रोगको उपचार व्यवस्था मिलाउन आदेश भएको कानून व्यवसायी स्वागत नेपालले जानकारी दिनु भएको छ ।  प्रसाईंलाई क्यान्सरसम्बन्धी अस्पतालमै राख्न भनिएको छ। 

cld

प्रसाईं सहित  सरोज गौतम, गोकर्ण शाही, सुशील बराल, केशव बस्नेत, कुमार तामाङ र दण्डपाणि रेग्मीलाई थुनामा राख्ने आदेश भएको छ। अन्य ३२ जना धरौटीमा छुटेका छन्। 

राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको हकमा भने  अदालतमा उपस्थित भएपछि मात्र आदेश हुने भएको छ। 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.