bardiyahospital

तिमिल्सैना दम्पतीले गरे अभिभावक विहीन बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया। बर्दियाको मधुवन नगरपालिका– १,पत्थरबोझी गाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा बस्ने अभिभावकविहीन बालबालिकाको विद्यालयमा पुगेर स्वास्थ्य परीक्षण गरिएको छ । कन्सल्ट्यान्ट फिजिसियन डाक्टर मनोजकुमार तिमिल्सैना र उनकी पत्नी मानसिक रोग विशेषज्ञ डाक्टर नितु बस्नेतले विद्यालयमा पुगेर स्वास्थ्य परीक्षण  गरिएको हो। 

विद्यालयमा रहेको छात्रावासमा ३९ जना  अभिभावकविहीन बालबालिका बस्दै आएका छन्। पालिकाले अभिभावकविहीन बालबालिकालाई बस्नका लागि भवन लगायतको संरचना निर्माण  गरेको छ । तर, बस्ने कोठाको अभाव हुँदा विद्यार्थीलाई समस्या हुने गरेको छ । विद्यालयका रहेका अभिभावकविहीन बालबालिका बारे थाहा पाएपछि तिमिल्सैना दम्पती औषधि लिएर बालबालिकाको उपचारका लागि विद्यालय पुगेका थिए ।

cld

कन्सल्ट्यान्ट फिजिसियन तिमिल्सैनाले विद्यालयमा अभिभावकविहीन बालबालिका बस्दै आएको कुरा प्रकृति पद प्रदर्शक रामराज ढकालले बताएपछि थाहा पाएको बताउनु भयो । । उहाँले भन्नुभयो, , ‘अभिभावकविहीन बालबालिका बारे थाहा पाएर श्रीमतीले बताएपछि उनले पनि जाने इच्छा गरिन्, दुईजना भएर उपचार गर्न आयौँ । उपचार गर्ने क्रममा केही बालबालिकालाई थप उपचारका लागि अस्पताल लैजानु पर्ने देखिएको छ ।’

 

मानसिक रोग विशेषज्ञ डाक्टर नितु बस्नेतले अभिभावकविहीन बालबालिकालाई विद्यालयमा आएर उपचार गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘आज विद्यालयमा आएर स्वास्थ्य परीक्षण गर्दा अझै बिरामी सामान्य स्वास्थ्य परीक्षण गर्नबाट वञ्चित भएको पाएँ । केही बालबालिकामा भएको स्वास्थ्य समस्या अलि पुरानो पनि रहेछ । बालबालिकामा भएको स्वास्थ्य समस्या पहिचान गर्न पनि समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने देखिएको छ ।’

प्रकृति पद प्रदर्शक रामराज ढकालले अभिभावकविहीन बालबालिका बारे बताउने बित्तिकै डाक्टर तिमिल्सैनाले विद्यालयमा गएर स्वास्थ्य जाँच गर्ने राजी भएको बताए । उहाँले भन्नुभयो, ‘सरसँग दुई दिन अगाडि मात्र चिनजान भएको हो । मैले सरलाई पत्थरबोझी गाउँमा रहेका अभिभावकविहीन बालबालिका बारे बताएँ । उहाँले बालबालिकालाई सहयोग गर्ने इच्छा व्यक्त गर्नुभयो । सरले शनिबार विद्यालयमा गएर स्वास्थ्य परिक्षण गरौँला भन्नुभयो । र, आज सर आउनु पनि भयो । सरमा मैले सकारात्मक ऊर्जा पाए ।’ 

विद्यालयमा गएर स्वास्थ्य परीक्षणका लागि समय व्यवस्थापन लगायतका अन्य काममा  ठाकुरबाबा नगरपालिकामा रहेको बबई रिसोर्टका गौरव योगी, विष्णु घिमिरेलगायतको टिमले समेत सहयोग गरेको थियो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.