काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।
प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेख्नुभएको छ ।