bardiyahospital

वन्यजन्तु द्वन्दबाट हुने क्षतिको राहत सहयोग निर्देशिका मस्यौदामा छलफल

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको मधुवन नगरपालिकामा मानव वन्यजन्तु द्वन्दबाट हुने क्षतिको राहत सहयोग निर्देशिका मस्यौदामा छलफल गरिएको छ । पालिकामा भएको मानव वन्यजन्तु द्वन्दबाट  हुने क्षतिको राहत सहयोग निर्देशिका मस्यौदा निर्माणका गर्नका जनप्रतिनिधि, वन उपभोक्ता महासङ्घ, शाखाका प्रमुखसँग छलफल गरिएको हो ।

वन संरक्षण, र विकासले जैविक विविधताको संरक्षण भएसँगै वन्यजन्तुको सङ्ख्या समेत बढ्दै गएको छ । जसका कारण पछिल्लो समय मानव वन्यजन्तु बीचमा द्धन्द समेत हुने गरेको छ । वन्यजन्तुका कारण गर्दा हुने मानवीय क्षति, बालीनालीको नोक्सानी, गाईबस्तु खाइदिने समस्या बढेको छ । भने मानवीय गतिविधिका कारण पनि वन्यजन्तुको आहारा र बासस्थान विनाश हुदैँ गएको छ । 

cld

पछिल्लो समय जैविक विविधता आएको ह्रासका कारण प्राकृतिक सम्पदा विनाश भइरहेको छ । भने जलचर, थलचर, चराचुरुङ्गी, वन्यजन्तु, वनस्पतिको अस्तित्व सङ्कटमा पर्दै गएको छ । जसले गर्दा पछिल्लो समय जैविक विविधताको संरक्षणको विषय विश्वव्यापी रुपमा उठेको छ । 

सम्वर्धन  परियोजनाका पैरवी अधिकृत जयन जोशीले वन्यजन्तुले गर्दा हुने क्षतिका स्थानीय सरकारले पनि सहयोग गर्नका लािग  राहत निर्देशिका निर्माण गरी सहयोग गर्न सक्ने बताउनु भयो ।उहाँले भन्नुभयो, ‘ वन्यजन्तुबाट  हुने क्षतिलाई कम गर्न र वन्यजन्तुको कारण हुने क्षतिमा छिटोछरितो तरिकाले कसरी राहत प्रदान गर्न तथा जैविक विविधताको कसरी संरक्षण गर्न सकिन्छ भनेर ‘ वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका तथा जैविक विविधताको अभिलेखीकरण मार्गदर्शन माथि छलफल कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।’ 

मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले राहत सहयोग निर्देशिका कसरी निर्माण गर्ने र राहत दिनका लागि कोषको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेका कार्यपालिकाको बैठकमा राख्ने बताउनु भयो । उहाँले पछिल्लो समय बर्दिया बन्यजन्तुका हुने हानिनोक्सानीका कारण मानिसहरू त्रसित बन्दै गएको बेलामा राहत निर्देशिकाले समुदायका मानिसलाई सहयोग पुग्ने बताउनु भयो 

वन उपभोक्ता महासङ्घको कोषाध्यक्ष रामेश्वर रिमालले कार्यक्रममा सहभागी भएका अधिकांश जनप्रतिनिधिले राहत सहयोग निर्देशिका निर्माण गर्दा छिटोछरितो र सहज रुपमा वन्यजन्तु पीडितले राहत पाउने गरी निर्माण गर्नु पर्ने कुरा  जोड दिएको बताउनु भयो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.