bardiyahospital

मानव अधिकार वर्ष पुस्तक प्रकाशन लागि इन्सेकको अर्धवार्षिक समीक्षा 

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा अनौपचारिक सेवा केन्द्र इन्सेकले अर्धवार्षिक समीक्षा गरेको छ । इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गरेको हो । 

इन्सेकले सन् २०२५  को जनवरीदेखि जुनसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू सार्वजनिक गरेका थियो । इन्सेकका अनुसार बर्दियामा ८ वटा बलात्कार, ५ वटा यौन दुर्व्यवहार, १ वटा मानव बेचबिखन तथा ओसारपसारको १ वटा १ वटा हत्या, ५१ वटा घरेलु हिंसा, ११ वटा अभद्र व्यवहारका घटना भएका छन् । 

cld

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीको सुरेन्द्र पौडेलले इन्सेकले मानव अधिकार वर्ष पुस्तकका लागि घटना सङ्कलन गर्ने  र मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न  लागेको ३ दशक भन्दा बढी भएको बताउनु  भयो । उहाँले  मानव अधिकार उल्लङ्घनका घटनामा  प्रहरी तथा प्रशासन संबेदनसिल रहेको बताउनु भयो ।  मानव अधिकार हननका घटना हुन नदिन समुदायमा जनचेतना जगाउन  जरुरी रहेको बताउनु भयो ।

 उहाँले  स्थानीय तह सामाजिक क्षेत्रमा  काम गरिरहेका सङ्घसंस्थाले बाहिर आउन नसकेको घटनालाई  ल्याउन  पहल  गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो , ‘ न्याय नपाएर अन्यायमा परेका पीडितहरूले  न्याय पाउन आफैं पनि  बाहिर  आउनु पर्छ ।  त्यसका लागि प्रत्येक इलाका प्रहरी कार्यालय महिला बालबालिका शाखा समेत रहेको छ ।’

जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक कृष्ण डाँगीले प्रहरीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा समावेश हुने घटनाको अभिलेख सङ्कलन गर्दा सरोकारवाला निकायसँग छलफल गर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मानव अधिकार उल्लङ्घन लगायतमा अन्य घटनामा हुने अनुसन्धान गर्न प्रहरी गम्भीर र जिम्मेवार रहेको छ ।’ मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन सरोकारवाला निकायले आ–आफ्नो स्थानबाट योगदान गर्न जरुरी रहेका बताउनु भयो । 

बर्दिया जिल्ला अदालत बार एशोसियसन बर्दियाका अध्यक्ष  एवम्  अधिवक्ता खडानन्द तिवारीले  समाजमा अपराध कहिले बढ्ने कहिले घट्ने हुने भएकोले त्यसलाई कम गर्न सचेतता जगाउन  जरुरी रहेको छ । समाज हुने घटनाबाट पीडित भएकालाई समाजमा पुनस्थापना गर्न कसरी भन्ने एउटा अर्को चुनौती रहेको बताउनु भयो  ।

 नागरिक समाज सञ्जालको संयोजक हिमा सुनारले  बर्दिया अझै पनि कतिपय घटना दबिएर  बसेको हुनाले  त्यसलाई बाहिर ल्याउन सरोकारवाला निकायले  हातेमालो गर्न जरुरी रहेको बताउनु  भयो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.