
कृष्णसार अनलाइन । बर्दियामा लागूऔषध अफिम सहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । अफिम सहित भारत लखिमपुर थाना तिकुनियाका ३६ वर्षीय गुरुपाल सिंह र भारत जिल्ला निगोरी साजानपुरका २८ वर्षीय अमृत पाल सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले राजापुर नगरपालिका –४, भन्सार चोकबाट पक्राउ गरेकाहरूका साथमा ३ ग्राम ३ सय मिलिग्राम अफिम फेला पारेको थियो ।

पक्राउ परेकाहरूलाई बुधबार बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय राजापुरमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डम्बरपालले जानकारी दिनुभयो ।


