
कृष्णसार अनलाइन । सर्प मांसाहारी घस्रने प्रजातिको सरीसृप जीव हो । सर्पले छेपारो, भ्यागुता, मुसा तथा साना स्तनधारी, अन्य सर्प तथा माछा, चरा, कीटपतङ्ग आदी खाने गर्दछ । भने अजिङ्गर सर्पले ठूला मृगहरूको बाखा र मानिसको बच्चाबच्ची समेत खाने गर्दछ । यसरी सर्प आफ्नो सिकार खोजीमा हिड्ने क्रममा मानिसको सम्पर्कमा आउँछ । र आत्मरक्षालाई मानिसलाई डस्ने गर्दछ । यदि मानिसलाई डस्ने सर्प विषालु छैन् ,भने मानिसलाई केही हुँदैन । विषालु छ भने मानिसको ज्यान समेत जान सक्छ ।
नेपालमा पाइने सर्पहरु मध्ये हरेउ सर्प, ठुलो कालो करेत, सानो कालो करेत, गनग्वारी / माहेर सर्प, करेत सर्प, आँधो सर्प, सेती नाग सर्प, गुरुबे सर्प, बैरी करेट/गराइच, हिमाली करेत, पहेलो कण्ठ. सर्प, मुगा सर्प, सिन्डा सर्प, गोमन सर्प, राजगोमन /कालीनाग, लाल कण्ठे सर्प बहिरा खद्रा सर्प विषालु सर्प हुन ।

भने बर्दियामा गोमन सर्प, राजगोमन/कालीनाग, सानो कालो करेत बैरी करेत/ गराइच, गनग्वारी/माहेर सर्प, बहिरा खद्रा सर्प ( रसल भाइपर) पाइने विषालु सर्प हुन । बर्दियामा आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८१/०८२ को जेठसम्ममा मात्र सर्पको टोकाइबाट ९ जनाको मृत्यु भएको छ ।
सर्प देख्ने बितीकै मनमा डर, भय, त्रास, कौतुहल हुन्छ , अनि सर्र्प पनि मार्न थाल्छौ । कहिलेकाँही सर्पले टोकेमा आतिएर मानिसको मृत्यु हुने गर्दछ । भने कतिपय मानिसको धामीझाँक्री भर पर्दा समेत मृत्यु हुने गर्दछ । त्यसकारण सर्पबाट टाढा रहनु पर्छ । यदि सर्पले टोकेमा नजिकको सर्पदंश केन्द्रमा जानुपर्छ ।
सर्पको टोकाइबाट बाच्नका लागि कन्सल्ट्यान्ट फिजिसियन डाक्टर मनोजकुमार तिमिल्सैनाले १० वटा टिप्स दिनु भएको छ ।
१. बिरामीलाई शान्त पार्ने र आश्वासन दिने – ( धेरै जसो सर्प विषालु हुदैनन्, सर्पको उपचार सम्भव छ )
२. सर्पले टोकेको ठाउँमा अचल बनाउने– ( टोकेको ठाउँ हात खुट्टामा स्पिलिन्ट वा स्लिङले अचल राख्ने ताकि विष फैलिन नपाओस् )
३. टोकेको ठाउँमा लगाएको कुरा हटाउने, जस्तै ( औँठी, गहना र कस्सिएको लुगा हटाउने ताकि सुन्निने र सङ्क्रमण फैलिनबाट रोकियोस् ।
४. तत्काल यातायातको व्यवस्थापन बिरामीलाई तुरुन्तै अस्पताल पुर्याउने ।
५. सर्पले टोकेको ठाउँमा रबर, ट्युब डोरीले कस्न हुँदैन् । किनभने त्यसले अझै बढी असर गर्दछ ।
६, सर्पले टोकेको ठाउँमा एक औलोको ग्याप हुने गरी ब्यान्डेजले बाँध्ने ।
७. धामीझाँक्रीको भरमा नपर्ने,
८. सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने गर्नु हुदैन् । यसले चोटलाई अझै गम्भीर बनाउन सक्छ । भने विष चुस्ने मानिसको समेत मृत्यु हुन सक्छ ।
९. हानीकारक पदार्थ प्रयोग नगर्ने( विद्युतिय करेन्ट, रसायन वा गाईको गोबर प्रयोग नगर्ने
१०. सर्पको उपचार सबै ठाउँमा हुदैन्, त्यसकारण नजिकको सर्पदंश केन्द्र वा नजिकको अस्पतालमा जाने ।


