bardiyahospital

मोटरसाइकल खरिद गरेको पाँच वर्ष बित्दा पनि भएन पालिकाको नाममा पास  

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकाले कार्यालय प्रयोजनका लागि खरिद गरेको दुईवटा मोटरसाइकल पाँच वर्ष बित्दा समेत पालिकाको नाममा पास भएको छैन् । पालिकाले कार्यालय प्रयोजनका लागि २०७६ फागुन २३ गते र २०७६ चैत्र २ गते खरिद गरेको दुईवटा मोटरसाइकल पाँच बित्दा समेत पालिकाको नाममा पास भएको छैन् ।

पालिकाले  नेपालगञ्जमा रहेको अनलाइन ओभरसिजबाट लु ५८ प ३१६० र प्र २००१ प ३१५३ नम्बरको मोटरसाइकल खरिद गरेको थियो । पालिका मोटरसाइकल खरिद गर्दा कार्यालय प्रमुख अर्जुन सुवेदी हुनुहुन्थ्यो ।

cld

सुवेदीले पालिकाको नाममा मोटरसाइकल पास नहुँदै अनलाइन ओभरसिजलाई  ६ लाख ३९ हजार ८ सय रुपैयाँ भुक्तानी समेत  दिनु भएको थियो । । पालिकाको नाममा मोटरसाइकल पास नहुँदै भुक्तानी दिनु कानुन विपरीतको कार्य हो । सुवेदी दोस्रो पटक कार्यालय प्रमुख भएर आउँदा समेत आफ्नै पालामा खरिद गरेको मोटरसाइकल पालिकाको नाममा पास गराउन सक्नु भएन् । 

पालिकाका खरिदार रमेश डाँगीले पालिकाले खरिदको मोटरसाइकल अनलाइन ओभरसिजको नाममा नै रहेको भएपनि स्टोरमा दाखिला गरेका गरेको जानकारी दिए । पालिकाले खरिद गरेको मोटरसाइकल खरिद गरेदेखि हालसम्म मोटरसाइकल नवीकरण नभएको र मोटरसाइकलको बिमा समेत हुन नसकेको डाँगीले जानकारी दिनुभयो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणराज त्रिपाठीले पालिकाले २०७६ सालमा नै मोटरसाइकल खरिदको बारेमा आफूले पछि मात्र थाहा पाएको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘तत्कालीन  प्रमुख प्रशासकीय अधिकृतको पालामा मोटरसाइकल खरिद गरेर पालिकामा ल्याएर, मोटरसाइकलको भुक्तानी समेत भएको रहेको छ । म पालिकाका आएपछि मोटरसाइकल दिने व्यवसायी सम्पर्क विहिन भएको कर्मचारीबाट थाहा पाए । अहिलेसम्म कुनै व्यवसायी मोटरसाइकलको बारेमा खोजी गर्न आएको छैन् ।’

सवारी तथा यातायात ऐन, २०४९  अनुसार सवारी साधन पाँच वर्ष बढी समयसम्म पनि नवीकरण नभएमा स्तहः रद हुने व्यवस्था समेत रहेको छ । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.