bardiyahospital

बाँसगढी नगरपालिकामा लागत अनुमान तयार नगरी करिब ४० लाखको डि.पी.आर

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बाँसगढी नगरपालिकाले पालिकामा कार्यरत जनशक्ति प्रयोग नगरी डि.पी.आरमा तयार गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालय जारी गरेको प्रतिवेदनमा  पालिकाले पालिकाको प्राविधिक जनशक्ति नगरी ३९ लाख ३५ हजार २ सय २५ रुपैयाँको डि.पी.आर तयार गरेको पाइएको हो । 

सार्वजनिक खरिद नियमावलीमा  सार्वजनिक निकायमा कार्यरत जनशक्तिबाट नभ्याउने र बढी दक्षता आवश्यक पर्ने कार्य अनुसार परामर्श सेवाको लागत तयार गरी प्रतिस्पर्धामा माध्यमले खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । पालिकाले लागत अनुमान तयार गर्दा कुनै आधार  नलिई स्वीकृत बजेट बमोजिमको रकम खर्च गरेको छ । डि.पी आर तयार गर्दा पालिकाको प्राविधिक जनशक्ति प्रयोग नगर्नुको कारण स्पष्ट नभएको  महालेखापरीक्षक कार्यालय जारी गरेको आर्थिक २०८०/०८१ मा प्रतिवेदन उल्लेख गरिएको छ । 

cld

प्रतिवेदनमा भनिएको, ‘ आगामी दिनमा पालिकाले प्राविधिक जनशक्तिबाट यस्तो कार्य गराउनु पर्दछ । साथै अध्ययनन प्रतिवेदन तयार भएका आयोजनाहरू कार्यान्वयनमा गएको समेत नदेखिएकोले खर्चको सार्थकता समेत देखिएन ।’

पालिकाले डि.पी.आर तयार गर्नका लागि ओझा इन्जिनियरिङ सर्भिसेज प्रा.लि, इन्ट्रिगेटेड डिजाएनर्स एसोसिएट्स,अष्टर इन्जिनियरिङ कन्सल्टेन्ट प्रा.लि ,ग्यालेक्सी इन्जिनियरिङ ट्रेष लिंक प्रालिलाई जिम्मा दिएको थियो । भने  पालिका भित्र सञ्चालन हुने कामको सूचना सार्वजनिक नगरी कागजात मिलाएर काम दिने गरेको छ ।पालिकाको वेबसाइट रहे पनि पालिकाको वेबसाइट मा खासै सूचना  प्रकाशन भएको देखिदैन । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.