bardiyahospital

सहर माछाको संरक्षण सुरु 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । सहर माछा लोपोन्मुख प्रजातिमा पर्ने माछा हो । पछिल्लो समयमा मानवीय गतिविधिका कारण यसको अस्तित्वमा सङ्कटमा पर्दै गएको छ । नेपालमा दुई प्रकारका सहर माछा पाइन्छ । ती  हुन रतर, सहर माछा हुन । यसको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले काम गरिरहेको छ । 

सहर माछा हिमालको तल्ला भागमा विशेष गरी कालीगण्डकी, त्रिशूली सुनकोशी, नारायणी कर्णालीमा पाइन्छ । यो माछाको तौल अधिकतम ९० किलो हुन्छ  । २ मिटर लम्बाइ भएको सहर माछा चाँदी जस्तो टल्किने र हल्ला हरियो वा पहेँलो हरियो रङको हुन्छ । यसको माथि हरियो सुनौलो रङ भने तल हल्का जैतुन हरियो र तल्लो पखेटा रातो पहेँलो रङको हुने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताउनु भयो । 

cld

उहाँले भन्नुभयो, ‘ सहरमा माछाहरू हावापानी र आफ्नो शरीरको अवस्था अनुसार बसाइँ सर्ने गर्छन् । मनसुनमा सहरमा अण्डा पार्नका लागि माथिल्लो भागमा जाने गर्छन् । भने वयस्क अवस्थामा तल्लो नदी र तालहरूमा रहने गर्छन् । सामान्यतया सहर माछाहरू छिटो बग्ने, सफा र अक्सिजनयुक्त पानीमा बस्ने गर्छन् ।’ 

लोपोन्मुख प्रजातिको सूचीमा रहेको सहर माछाको शिकार गरेमा वा अवैध रुपमा माछा मारेमा जलचर संरक्षण ऐन २०१७ अनुसार ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायको हुने कानुनी व्यवस्था रहेको छ । 

सहर माछा सल्यानको शारदा खोला तथा दाङको बबई खोलामा पाइन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय बर्दियाले सहर माछा संरक्षणका लागि सल्यानको छत्रेश्वरी, त्रिवेणी, कालीमाटी गाउँपालिका र दाङको बबई गाउँपालिकामा रहेका सामुदायिक वनका युवालाई सचेतना मूलक कार्यक्रम गरेको थियो । सहर माछा संरक्षणका गर्न वैकल्पिक पेशामा जोड दिर्दै होमस्टे सञ्चालन लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले सहयोग गरेको छ । 

सहर माछा सर्वभक्षी भएकोले यसले लेउ, कीरा, भ्यागुता तथा अन्य साना माछा खाने गर्छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.