
प्रकाश पौडेल, गुलरिया । हरेक मानिसका आफ्नो रुचि र स्वभाव हुन्छ । त्यहीँ अनुरूप मानिसले आफूलाई मन पर्ने काम गर्छ । कसलाई पढ्न, कसलाई लेख्न, कसैलाई गीत गाउन मन पर्छ । कसैलाई साहसिक काम गर्न मन लाग्छ । कसलाई एकान्त मन पर्छ ।
होहल्लाबाट मुक्त भएर एकान्त मन पर्नेहरूको रोजाइ बन्न सक्छ ट्रि हाउस । यहाँका आउनका लागि भुरिगाउँ चिसापानी सडक खण्डबाट करिब १३ किलोमिटर भित्र र गुलरिया राजापुर सडक खण्डबाट करिब १० किलोमिटर भित्र आउनु पर्छ । यो ट्रि हाउस बिन्द्रापुरी मध्यवर्ती सामुदायिक वनमा पर्छ । यहाँ जानका लागि ठाकुरबाबा नगरपालिका, ९ मा पर्ने बनतरिया गाउँमा आउनु पर्छ ।

आफूसँग भएको सवारी साधनलाई यहीँ राखेर करिब १ किलोमिटर पैदल यात्रा गर्नुपर्छ । सामुदायिक वनमा जाँदा बाघ, चितुवा, निलगाईले, मयुर, चराको अनेक प्रजाति र नदी किनारमा पानी खाँदै गरेका अन्य जनावरहरू देख्न सकिन्छ । भनिन्छ, ‘जङ्गलको आफ्नो नियम हुँदैन ।’ त्यसकारण यहाँ आउँदा सावधानी अपनाउनु पर्ने हुन्छ । ट्रि–हाउसमा बस्न चाहने व्यक्तिले उज्यालोमा पनि जानुपर्छ । त्यसदिन अमरराज लम्साल, शुसिल ज्ञवाली, रामराज ढकाल र नारायण चौधरी ५ जनाका टिम ट्रि– हाउस बस्न गएका थियौ । त्यस दिनको ट्रि– हाउसको बसाई साँचिकै अबिशमरणीय रहेको थियो ।
ट्रि–हाउस बस्न जाँदा ५/६ जनासम्म जान सकिन्छ । यहाँका बस्नका लागि पहिला नै ट्रि–हाउसलाई बुक गर्नुपर्ने हुन्छ । एकरात यहाँ बसेको एकजना नेपालीले ५ सय रुपैयाँ र एक जना विदेशीले ७ सय रुपैयाँ शुल्क लाग्ने बिन्द्रापुरी मध्यवर्ती सामुदायिक वनले जनाएको छ । भने यहाँ बस्न आउँदा आफूले खाने खाना, पानीको आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ । यहाँ बस्दा होहल्ला गर्न पाइदैन् ।
केही दिन हामीसँगै ट्रि–हाउसमा बसेर फर्किनु भएका गुलरिया , ४ का सुशील ज्ञवालीले भन्नुहुन्छ , ‘ शनिबारको दिन पारेर ५ जना साथीहरू मिलेर ट्रि–हाउसमा बस्न गएका थियौ । पानी परेकोले बनतरिया गाउँ पुग्न अलि ढिलो भयो ।’
‘ बनतरिया गाउँको एकजना साथीको घरमा मोटरसाइकल राख्यौं, र जङ्गल प्रवेश गर्यौ । जङ्गल प्रवेश गर्दा अँध्यारो भइसकेको थियो । र दिउँसो पानी परेकोले बाटो हिलो पनि थियो । हामीसँग जानू भएको साथी स्थानीय र त्यहीँको जङ्गलमा खेलेर हुकिएको हुनुहुन्छ । जङ्गलभित्रै प्रवेश गरेको ५ मिनेट पछि नजिकै बाघ करायो ।’ उहाँले भन्नुभयो, ‘बाघ कराए पछि डर लाग्यो । साथीहरूले बाघ टाढा छ आतिनु पर्दैन भनेर सान्तवना दिनुभयो । बाघ नजिक आँउदैन भनेपनि मनमा डर भने कायम नै थियो । करिब ४५ मिनेटको पैदल यात्रा पछि ट्रि–हाउसमा पुगियो । र जङ्गली जनावर देख्न पाइने आसमा रातीको १२ बजेसम्म जङ्गलमा बसियो । त्यस रात पानी परेको थियो । हामी पनि ट्रि–हाउसभित्र रहेको बिस्तारामा सुत्न गयौ । ’
जब बिहान ट्रि–हाउस फर्किदै थियौ । हामी जुन बाटो गएका थियौ त्यहीँ बाटोमा बाघको पाइला देखियो । मनमनै सोचे धन्न हिजो साँझ बाघसँग जंकाभेट भएन बाघको पाइला देख्ने बितिकै उहाँले भन्नुभयो ।
ट्रि–हाउस एकान्तमा छ । यहाँ साथीसँगी र परिवारको साथमा बस्न सकिन्छ । जङ्गली जनावरको आवाज र चराको आवाज मात्र सुन्न पाइन्छ । यहाँ बिजुली बती छैन् । यहाँ जाँदा लाइटको व्यवस्थापन गर्नुपर्ने हुन्छ । रातिको समयमा बार्दलीमा बसेर जनावरको गतिविधि हेर्न सकिन्छ । कहिलेकाहीँ ट्रि–हाउसको बाघ र चितुवा बसेको देख्न पाइन्छ । ट्रि–हाउसको बीचको भागमा शौचालय छ । भने सबैभन्दा माथिल्लो भागमा टेबुल कुर्सी बसेर खाना खाँदै जंगलको आनन्द उठाउन सकिन्छ । ट्रि–हाउस जंगलको बीचमा रहेको हुँदा यो रोमान्चक र साहसिक पनि मानिन्छ ।
प्रकृति पद प्रर्दशक नारायण चौधरीले बर्दिया पर्यापर्यटनको लागि महत्वपूर्ण भएको बताउनु भयो । उहाँले बर्दिया राष्ट्रिय निकुञ्जभित्र सजिलै देख्न पाइने बाघ हात्ती गैडा बाह्रसिङे चित्तलको बथान हेर्न विभिन्न देशबाट मानिसहरू आउने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो , पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा बढ्दै गएको छ । यो पर्यटन उघोगको लागि महत्त्वपूर्ण कुरा हो । तर जसरी बर्दियामा बाघले मान्छे खान्छ भनेर प्रचार गरिन्छ । त्यसले यहाँको पर्यापर्यटन उघोगलाई असर पुर्याउने गरेको छ । त्यसकारण यहाँ पाइने बन्यजन्तु, कला संस्कृतिको प्रचार प्रचार गरी पर्यटन उधोगलाई फाइदा लिन सक्नु पर्छ। त्यहीँ भएर बनतरिया गाउँसँग जोडिएको बिन्द्रापुरी मध्यवर्ती सामुदायिक वनमा ट्रि हाउस बनाएको हो ।


