bardiyahospital

देश कै सार्वेत्कृष्ट ताराताल सानाकिसान

Geruwa GIF

बर्दिया । बर्दियामा उत्कृष्ट कारोबार गर्न सफल भएको बर्दिया मधुवन नगरपालिका वडा नं ७ रहेको ताराताल सानाकिसान कृषि सहकारी संस्था देश कै सर्वोत्कृष्ट सहकारी हुन सफल भएको छ ।सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा आवद्ध भएका देशभरका सनाकिसान कृषि सहकारी संस्था मध्ये ताराताल सानाकिसान सर्वोत्कृष्ट भएको हो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को २४औँ वार्षिकोत्सवको अवसरमा ताराताल साना किसानलाई देशभरका करिब १,२०० सहकारी संस्थामध्ये उत्कृष्ट संस्थाका रूपमा छनोट गरी पुरस्कृत गरिएको हो । सानाकिसान कृषि सहकारी संस्थाहरूको स्तरीकरण सुचकहरूको आधारमा मुल्याङ्कन गर्दा आर्थिक बर्ष २०८०÷८१ मा ताराताल सानाकिसानले ८३.४६ प्रतिशत अंक प्राप्त गरी उत्कृष्ट भएको थियो । ताराताल सानाकिसानलाई ६० हजार नगद सहित कदर–पत्र दिएर सम्मान गरिएको छ ।

सहकारी क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेका बेला पनि संस्थाले व्यवसाय विस्तार, सदस्यहरूलाई प्रत्यक्ष लाभ, लघु तथा साना उद्यम प्रवद्र्धन, आय आर्जन कार्यक्रम, कृषि उपजको बजारीकरण लगायतका क्षेत्रमा प्रभावकारी कार्य गर्दै आइरहेको छ ।
पुरस्कार ग्रहणपश्चात् संक्षिप्त मन्तव्य दिँदै संस्थाका मुख्य प्रवन्धक डम्बर केसीले संस्थाको सफलताको मूल मन्त्र पारदर्शिता, सुशासन र सदस्यहरूप्रति उत्तरदायित्व भएको बताउनुभयो । उहाँले सदस्य, सञ्चालक, कर्मचारी तथा सहकार्य गर्ने संघसंस्थाहरूको निरन्तर साथले आजको उपलब्धि सम्भव भएको धारणा व्यक्त गर्नुभयो ।

cld


२०५४ सालमा २९ सय रुपैयाँ सेयर पूँजीबाट सुरु भएको संस्थाले हालसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको सम्पत्ति सञ्चय गरेको छ । संस्थामा ३,८०० घरधुरी सेयर सदस्यका रूपमा आवद्ध छन् । शेयर सदस्यहरू मध्ये ८२ प्रतिशत महिला सदस्य छन् । संस्थाले १६ प्रतिशत लाभांश अन्तर्गत ९१ लाख रुपैयाँ वितरण गरेको छ भने संरक्षित पूँजी कोषमार्फत ५१ लाख रुपैयाँ प्रदान गरिएको छ ।

संस्थाले समर्थन मूल्यमा कृषि उत्पादन खरिद, विज वृद्धि कार्यक्रम, मल आपूर्ति, पशु बीमा, मासुजन्य र दुध जन्य कर्जा तथा पशुजन्य उत्पादनको बजारीकरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा संस्थाले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै मूल्य श्रृंखलामा किसानलाई समेट्न आफ्नै उद्योग स्थापना गर्ने तयारी साथ जग्गा खरिद गरिसकेको अध्यक्ष प्रेमप्रसाद तिमिल्सिनाले बताउनु भयो । उहाँले कोइकाको सहकार्यमा बिउ उत्पादन र बजारीकरणका लागि परियोजना सञ्चालन गर्न लागिएको बताउनु भयो । विउ उत्पादन गरेर कृषकहरूलाई मनग्ये आम्दानी गराउने योजना रहेको बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.