
बारबर्दिया ।
सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाकाे ५ औं शाखा विस्तार गरेकाे छ । बारबर्दिया नगरपालिकाकाे जयरनगरमा ५ औं शाखा विस्तार भएकाे हाे ।

बैकले बारबर्दियाको जयनगरमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ। बैंकको शाखा कार्यालयको उद्घाटन बारबर्दियाका मेयर दुर्गा बहादुर थारु (कबिर ) र बैंक संचालक समितिका अध्यक्ष अच्युत प्रसाद प्रसाईं सयुक्त रुपमा समुद्घाटन गरेका हुन् । शाखा कार्यालयको स्थापना हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंक संचालक समितिका अध्यक्ष अच्युत प्रसाद प्रसाईंले बताउनु भयाे ।

बारबर्दिया सँगै सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल भरी ११० वटा शाखा विस्तार गरेकाे छ । बैंककाे उद्घाटन गर्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गा बहादुर थारु (कबिर) ले बैंकले नगरबासीलाई सहज रुपमा सेवा दिने विश्वास व्यक्त गर्दै सांग्रिला डेभलपमेन्ट बैंक परिवारलाई धन्यवाद दिनु भएको थियो ।


