bardiyahospital

ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले गर्यो कविता वाचन प्रतियोगिता तथा स्रष्टा सम्मान

Geruwa GIF

सुदीप अधिकारी, बर्दिया । ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले २१२ औँ भानु जयन्ती भब्य रुपमा मनाएको छ । प्रतिष्ठानले माध्यमिक तह स्तरीय कविता वाचन प्रतियोगिता, स्रष्टा तथा पत्रकार सम्मान र कृति विमोचन गरी भानु जयन्ती मनाएको हो ।

कविता वाचन प्रतियोगितामा चुरे माध्यमिक विद्यालयकी छात्रा ईशारा रिजाल प्रथम, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्रा एन्जला आचार्य द्धितिय र किसान माध्यमिक विद्यालयका छात्र हरिप्रसाद रिमाल तृतीय भएका थिए ।

cld

भानु जयन्तीकै अवसरमा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानको मुखपत्र ‘ठाकुरबाबा प्रज्ञांशु’ अंक २ र थारू भाषाको पुस्तक ‘बर्ही’ विमोचन गरेका थिए ।

 कार्यक्रममा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ महानन्द ढकाल, साहित्यकार सोम डेमन डेउरा, जे.बी अनुरागी, प्रभात सुवेदी, ईश्वरी रिजाल, कल्पना पौडेल, लिला बाँस्कोटा लगायतका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालले जानकारी दिए । 

 यसैगरी भानु जयन्तीकै अवसरमा प्रतिष्ठानले पत्रकारिताको माध्यमबाट कला, साहित्य, शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै राजधानी दैनिकका सम्वाददाता सुदीप अधिकारी, अन्नपूर्ण पोष्टका शङ्करप्रसाद खनाल, उज्यालो नेटवर्कका भावुक योगी र वरिष्ठ पत्रकार राजेन्द्रप्रसाद धिताललाई सम्मान गरेको थियो । 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.