Division forest_Ads
Barabardiya PSA_Final

रुसी सेना घुस्न नदिन युक्रेनले राजधानी छिर्ने पुल उडायो

Bidhut Notice
Rajapur_Final

काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभतर्फ घुस्ने प्रयास शुरु गरेसँगै युक्रेनले थप सतर्कता अपनाउन थालेको छ ।

शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले रुसी सेनाको प्रवेशलाई कठिन बनाउन राजधानीतर्फ आउने पुल उडाएको जनाएको छ । सीएनएनका अनुसार किभबाट करिब ५० किलोमिटर उत्तर इभान्किभ स्थित टेटेरिभ नदीको पुललाई हवाई आक्रमण गरी उडाइएको हो ।

यद्यपि, अमेरिकी अधिकारीहरू अनुसार शुक्रवार बिहान रुसी सेनाहरू बेलारुस सीमाबाट युक्रेनको राजधानी प्रवेश गर्न ३२ किलोमिटरको दुरीमा रहेका छन् ।

बिहीबारदेखि युक्रेनमा आक्रमण गरेको रुसले शुक्रवार पनि निरन्तर सैन्य घुसपैठ जारी राखेको छ । युक्रेनले १३७ जना सैनिक र सर्वसाधारणले ज्यान गुमाएको जनाएको छ । यस्तै ८०० रुसी सेनाको ज्यान लिएको युक्रेनी दाबी छ, यद्यपि, यो कुराको पुष्टि भने हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.