
प्रकाश पौडेल गुलरिया । बौद्धिक अपाङ्गता भएकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत बर्दियाले बाँसगढी नगरपालिका– ४ का २६ वर्षीय नारायण चौधरीलाई १८ वर्ष २ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८२ असार २९ गतेको इजलासले जबरजस्ती करणीको कसुर ठहर गर्दै १८ वर्ष २ महिना कैद सजाय, ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले बताउनु भयो ।

चौधरीले ०८१ साउन ३० गते साँझ ६ बजेतिर माछा मारेको हेर्न गएको बेला बालिकालाई जबरजस्ती करणी थिए । बालिकाको परिवारले साउन ३१ गते प्रहरीमा जाहेरी दिएको थिए । प्रहरीले आरोपितलाई साउन ३१ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन ३१ गते बर्दिया अस्पताल, गुलरियाले जनाएको छ ।
सरकारी वकिल कार्यालय बर्दियाले ०८१ भदौ २४ गते जबरजस्ती करणीको अभियोग बर्दिया जिल्ल अदालतका मुद्दा दर्ता गरेको थियो । भने अदालतले चौधरीलाई भदौ २५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।


