bardiyahospital

‘पलविरुद्ध मलाई कसैले उकासेको होइन, म आफ्नो ठाउँमा सही छु’

Geruwa GIF

काठमाडौं । अभिनेता पल शाहले आफूलाई योजनावद्ध तरिकाले फसाइएको भन्दै बिहीबार अडियो सार्वजनिक गरे । सार्वजनिक अडियोमा पीडित भनिएकी किशोरी र पलकै सहकर्मीबीचको कुराकानी छ । कुराकानीमा क्रममा पीडित किशोरीले पलका सहकर्मीहरू दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंसँग कुराकानी गरेकी छन् ।

   उनीहरूले पनि किशोरीलाई पलविरुद्ध अब कसरी अगाडि बढ्ने भन्ने भनेर सुझाव दिएका छन् । यति प्रमाण हात पारेपछि पलले सामाजिक सञ्जालमा नजिकको सहकर्मीले     नै आफूविरुद्ध अगाडि बढ्न ती किशोरीलाई उक्साएको आरोप लगाए । तर, पीडित किशोरी भने आफू कसैको उक्साहटमा नलागेको बताउँछिन् ।
cld

‘कसैले उकासेर उकासिने होइन, म चाहिँ साँच्चिकै पीडामा परेको हो । म आफ्नो ठाउँमा सही छु । मैले गलत केही पनि गरेको छैन । जति पनि पहिलेको न्युज आयो ती सबै कुराहरू सत्य हो । त्यसमा धेरै कुराहरू छ,’ किशोरीले एक राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा भनेकी छन्, ‘मैले पीडा सहन नसकेर मेरो सहकर्मी साथीहरूलाई समयमै जानकारी गराएको थिए ।’

पीडित किशोरीले पलले सुरुमा विवाहको लागि सहमति जनाएको र परिवारसँग पनि कुरा भएको पनि बताएकी छन् । तर, फेरि पलले आफूलाई ‘अब आ–आफ्नो बाटो लागौं’ भनेपछि सत्य कुरा बाहिर ल्याएको ती किशोरीको भनाइ छ ।

‘सबै घटना सत्य नै हो । यो कुरा पछि मैले आमासँग पनि सेयर गरे । उहाँ (पल) ले मेरो फिलिङ्ससँग पनि खेल्नुभयो । आमाले उहाँसँग कुरा पनि गर्नुभयो । पलले बिहे नै गर्छु, उजुरी नहाल्नु भनेर मेरो परिवारसँग पटकपटक मिटिङमा पनि बस्नुभयो,’ पीडित किशोरीले भनेकी छन्, ‘उहाँ (पल) ले मसँग के सल्लाह गर्नुभयो भने अब हामी मिलेर जाऊँ । सबै पब्लिकले हाम्रो राम्रोसँग बिहे भएको होस् भन्ने बनाऔं । अहिले तिमीले मलाई बचाऔं भनेर पटकपटक होइन भन्न लगाउनुभयो । मैले चाहिँ अन्धो भएर उहाँलाई विश्वास गरे । जब उहाँको आफ्नो स्वार्थ पूरा भयो । त्यसपछि चाहिँ लास्टमा उहाँले तिमी आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु भन्नुभयो ।’

किशारी अगाडि थप्छिन्, ‘उहाँको कारणले गर्दा दुनियाको सामु होइनहोइन भने । उहाँले पनि मलाई त्यही भन्न लगाउनुभएको थियो । मैले उहाँलाई विश्वासका साथै चोखो माया पनि गर्थे । तर, उहाँले पटकपटक मेरो फिलिङ्समा खेल्नुभयो । यस विषयमा चाहिँ म एकदमै दुःखी छु ।’

किशोरीले पलको योजना समयमै थाहा पाउन नसक्दा आफू अहिले यो अवस्थामा पुगेको पनि बताएकी छन् । अहिलेको परिस्थितिले आफूलाई निकै गाह्रो भइरहेको पनि उनको भनाइ छ ।

‘उहाँले सुरुमा धेरै केयरिङ गर्नुभयो । माया पनि गर्नुभयो । उहाँले मेरो फेम्लिकै अगाडि बिहे गर्छु भनेर स्विकार गर्नुभएको छ । तर, अहिले बाहिर आएको अडियोमा जुन उहाँले प्रेगमेन्ट भए मात्र स्विकार्थे, व्वाई फ्रेण्ड/गर्ल फ्रेण्डमा त जसको पनि यस्तो भइहाल्छ नि भन्ने विषयमा चाहिँ अरू कसैले क्यारिकेचर गरेको हो । मेरो भ्वाइस होइन भन्नुभएको छ,’ किशोरीले भनेकी छन्, ‘मैले पब्लिकलाई त पटकपटक होइन-होइन मात्र भनेको छु । मलाई त विश्वास गर्नुहुन्न अब । उहाँको पहिलेदेखि नै प्लानिङ त्यस्तो रैछ । मेरो कुरा विश्वास गरिरहनुभएको छैन । मलाई निकै गाह्रो भइरहेको छ ।’

पलले आफूलाई पटकपटक जबरजस्तीकरणी गरेको भन्दै पीडित किशोरीले उनीविरुद्ध गत बुधबार तनहुँ प्रहरीमा उजुरी दर्ता गरिसकेकी छन् । तर, प्रहरीले भने अहिलेसम्म पललाई पक्राउ गरिसकेको छैन ।

मुलुकी अपराध संहिता २०७४ अनुसार मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.