bardiyahospital

समयमा काम नगर्ने निर्माण व्यवसायीबाट एक करोड २२ लाख जरिवाना

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरी जरिवाना सङ्कलन गरेको छ। पालिकाले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरी  एक करोड २२ लाख राजस्व जरिवाना सङ्कलन गरेको हो 

सार्वजनिक खरिद ऐनअन्तर्गत तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीलाई  कारबाही हुने व्यवस्था छ । समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई दैनिक ०.०५ प्रतिशत जरिवाना हुने व्यवस्था छ। समयमा काम नगर्ने निर्माण व्यवसायीलाई जरिवानाबाट जोगाउन कतिपय कार्यालय पटकपटक म्याद थप्ने गरेको पाइन्छ । 

cld

पालिकाभित्र सञ्चालन भइरहेको विकास निर्माणको काममा तोकिएको समय भन्दा ढिला काम सम्पन्न गर्ने निर्माण व्यवसायीबाट एक करोड २२ लाख जरिवाना सङ्कलन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले बताउनु भयो उहाँले भन्नुभयो,‘ पालिकाले समयमा काम नगर्ने १८ वटा निर्माण व्यवसायीबाट एक करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । काम नै नगर्ने तीनवटा निर्माण व्यवसायीसँग सम्झौता तोडिएको छ ।’

पालिका नगरप्रमुख तिलकराम लम्सालले पालिकाले सञ्चालन गरेको सेवा प्रवाहसँग जोडिएको काममा पारदर्शी र सुशासन कार्यम गर्न आफू प्रतिवद्ध रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पालिकाले सञ्चालन गरेको पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासका काममा कही कतै कमीकमजोरी नहोस् भनेर सचेत रहेको छौँ । पालिकाको सम्पूर्ण टिम नै सुशासन तथा पारदर्शी  ढङ्गले काम गर्न प्रतिवद्ध रहेको छ ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.