bardiyahospital

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Geruwa GIF

सङ्खुवासभा ।  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका -९ बस्ने ६२ वर्षीय शमशेर बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या भएको घटनामा पुनरावेदन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका -९ बाट पक्राउ गरेको हो ।  

cld

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सङ्खुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.