
बर्दिया । बर्दियामा प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार बाँके खजुरा गाउँपालिका, ६ सिमल घारीका ३१ वर्षीय अशोक सुनारलाई पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका , २ फुटाहाबाट पक्राउ गरेका सुनारको साथमा ३२० मिलिग्राम ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताउनु भयो । उहाँले भन्नुभयो , पक्राउलाई बुधबार बर्दिया जिल्ला अदालत ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय बर्दिया लागू औषध सेवन गर्ने र ओसारपसार गर्नेहरूको हब बन्दै गएको छ ।


