bardiyahospital

समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई पालिकाले गर्यो जरिवाना

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको गेरुवा गाउँपालिकाले सम्झौता अनुसार समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही स्वरुप जरिवाना लिएको छ । पालिकाले सम्झौता अनुसार समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई कारबाही गरी २३ लाख ४२ हजार सात सय ५४ रुपैयाँ जरिवाना लिएको हो । 

सार्वजनिक खरिद ऐनमा तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीहरूलाई कारबाही हुने व्यवस्था छ । समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई दैनिक ०.०५ प्रतिशत जरिवाना हुने कानुनी व्यवस्था छ । पालिकाले सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीबाट जरिवाना सङ्कलन गरेको हो । 

cld

पालिकाभित्र सञ्चालित तारजाली र सडक निर्माणमा ढिला गर्ने निर्माण व्यवसायीलाई कारवाही गरी जरिवाना सङ्कलन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीबाट २३ लाख ४२ हजार ७ सय ५४ रुपैयाँ जरिवाना सङ्कलन गरेको हो ।’

पालिकाका अध्यक्ष जमानसिंह केसीले पालिकाभित्र सञ्चालन भइरहेका विकास निर्माणमा हुने लापरवाही र ढिलासुस्तीलाई कम गर्न र तोकेको समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरिएकोबताउनु भयो । उहाँले भन्नुभयो,  ‘पालिकाले सञ्चालन गरेको  विकास निर्माण समयमा सम्पन्न हुनुपर्छ । समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान समेत गरिएको छ ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.