
कृष्णसार अनलाइन । बर्दियामा मुक्त कमैया तथा अतिविपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका रहेका मुक्त कमैया तथा अतिविपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
बाँसगढी नगरपालिकामा ९३ जना र बढैयाताल गाउँपालिकामा एक सय ७९ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको र कमैया महिला जागरण समाजकी अध्यक्ष कृष्णी थारुले बताउनु भयो । उहाँले नेपालमा कृषिमा आधारित बँधुवा श्रमको अन्त्य परियोजना अन्तर्गत बालबालिकालाई विद्यालयको पोशाक, झोला शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिनु भयो ।


बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले परियोजनाले पालिकाभित्र रहेको विभिन्न विद्यालयमा पढ्ने कक्षा ६ देखि १० सम्म पढ्ने बालबालिकालाई सहयोग गरेको दिनुभयो । उहाँले यस्ता कार्यालय आर्थिक अभावमा विद्यालय छोड्ने बालबालिकालाई विद्यालयमा आउन मदत गर्ने बताउनु भयो ।
एक्सन एड नेपाल र कमैया महिला जागरण समाज संस्थाको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।



