bardiyahospital

गगन सिंह कुँवर फाउण्डेसनले सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गर्यो

Geruwa GIF

कृष्णसार अनलाइन  । गगन सिंह कुँवर फाउण्डेसन नेपालले एक कार्यक्रमका बीच सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण एवं सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

 गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा भएको कार्यक्रममा फाउण्डेसनको सहयोगमा तयार पारिएका ७ वटा होर्डिङ बोर्ड इलाका प्रहरी कार्यालय पाताभारलाई हस्तान्तरण गरिएको थियो ।  बजार क्षेत्र गति सीमित, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऔँ, सवारी चलाउँदा गति सँग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ, सवारी साधन चलाउँदा हेलमेट र सिट बेल्ड सधैँ बाँध्ने गरौँ लगायतका सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरिएको हो ।

cld

 सामाजिक कार्यमा सक्रियका साथै सडक दुर्घटना न्यूनिकरण गर्न होर्डिङ बोर्ड निर्माणमा सहयोग गरेकोमा इलाका प्रहरी कार्यालय पाताभार बर्दियाले कार्यक्रमकै बीच गगन सिंह कुँवर फाउण्डेसन नेपालका संरक्षक एवं प्रमुख सल्लाहकार तर्क बहादुर कुँवरलाई सम्मान पत्रले सम्मान गरेको छ । यस्तै फाउण्डेसनले संस्था स्थापना गर्न सहयोग गर्ने र विभिन्न पीडितहरूको समस्या मिडियामा ल्याएर सहयोग सङ्कलनमा उल्लेखनीय भूमिका खेलेको भन्दै गेरुवा अपडेटका सञ्चालक पुष्कर काफ्लेलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीले होर्डिङ बोर्डले सडक दुर्घटनामा न्यूनिकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘फाउण्डेसनले सामाजिक कार्य गर्दै आइरहेको देखेको छु । आगामी दिनमा यसरी निरन्तर सामाजिक कार्य गर्नेमा आफू विश्वस्त छु ।’ अध्यक्ष केसीले भन्नुभयो, ‘यस क्षेत्रमा फाउण्डेसन स्थापना भई उदाहरणीय कार्य गरेकोले पालिकाबाट फाउण्डेसनलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’

त्यस्तै गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले बर्दिया कार्यक्षेत्र भएर काम गरिरहेको फाउण्डेसन आफूहरूको गौरवको विषय भएको बताउनुभयो । उहाँले फाउण्डेसनले आफ्नो उद्देश्य अनुसार मानव जीवन रक्षाको लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको उल्लेख गर्नुभयो ।

इलाका प्रहरी कार्यालय पाताभारका बरिष्ठ प्रहरी नायब निरीक्षक गणेश बहादुर सिंहले फाउण्डेसनको कामले आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले कार्यालयले दुर्घटना बढी हुनसक्ने जोखिमयुक्त सडकको किनारामा सचेतनामूलक बोर्ड राखिने बताउनुभयो । कार्यक्रममा सहभागि फाउण्डेसनका संरक्षक एवं प्रमुख सल्लाहकार तर्क बहादुर कुँवरले सचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरणका लागि मद्दत पुग्ने विश्वासका कारण होर्डिङ बोर्ड हस्तान्तरण गरिएको बताउनुभयो । ‘बजार क्षेत्रमा चालकलाई गति सीमित गर्न सचेतना प्रदान गर्ने गरी बोर्ड तयार पारिएको छ ।’ संरक्षक कुँवरले भन्नुभयो, ‘यसका लागि पनि सचेतना फैलाउनु जरुरी भएकाले बजार क्षेत्रमा गति सीमित लेखेरै बोर्डहरू तयार पारिएको छ ।’

 कार्यक्रममा गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु, अस्थायी ट्राफिक प्रहरी पोष्ट पाताभारका इन्चार्ज हर्दिष खत्री, गेरुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम बहादुर धामी, शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष तुलस्थ प्रसाद खनाल, पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारु, सचिव तपेन्द्र बहादुर थापा, समाजसेवी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।

 गेरुवा ५ सुखाड निवासी शेर बहादुर कुँवर र उहाँका दाजु तर्क कुँवरले स्व. बुवाको सम्झनामा उहाँकै नामबाट फाउण्डेसन दर्ता गरि सामाजिक कार्य गर्ने सोचका साथ फाउण्डेसन स्थापना गरिएको हो । फाउण्डेसनले बेसहारा, पिछडिएका, अल्पसंख्यक, सिमान्तकृत नागरिकहरुलाई राष्ट्रको असल एवं सक्षम नागरिक बनाउन विभिन्न सचेतनामूलक कार्यक्रम, आय मूलक तथा सीप मूलक  र सामाजिक कार्यहरु गर्ने लगायतका उद्देश्यहरु बोकेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.