
कृष्णसार अनलाइन । ठाकुरबाबा नगरपालिकामा रहेका द्वन्द्व पीडित तथा प्रभावित महिला र बालिकालाई आयआर्जनका लागि सहयोग गरिएको छ । द्वन्द्व पीडित तथा प्रभावित महिला र बालिकालाई आयआर्जनका लागि जनही २५ हजार सहयोग गरिएको हो ।
द्वन्द्व पीडित तथा प्रभावित महिला र वालिकाको आवश्यकता पहिचान पश्चात पीडितको आयआर्जन सहयोगका लागि १५ जनालाई द स्टोरी किचन तथा तथा द्वन्द्व पीडित समिति बर्दियाको सहयोगमा जनही रू २५ हजारका दरले रू ३ लाख ७५ हजार वितरण गरिएको उपप्रमुख बिना भट्टराई बताउनु भयो । उहाँले सहयोगबाट पीडित परिवारलाई जीविकोपार्जनका केहि कामहरू गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले पालिकाभित्र रहेका द्वन्द्व पीडितका लागि सहयोग तथा सहजीकरण गर्ने द्वन्द्व पीडित नगर समिति ठाकुरबाबा , द्वन्द्व पीडित समिति बर्दिया र द स्टोरी किचन भूमिका महत्वपूर्ण भएको धारणा व्यक्त गर्नुभयो ।


द्वन्द्व पीडित समिति बर्दिया अध्यक्ष भागीराम चौधरीले पालिकामा भएको रकम हस्तारतरण कार्यक्रममा द्वन्द्व पीडित समिति र CVC ले आवश्यक प्राविधिक सहयोग गरेको जानकारी दिनुभयो ।


