bardiyahospital

जुलाई २९ अर्थात विश्व बाघ दिवस 

सह–अस्तित्व र आयआर्जन ः बाघ संरक्षणको लागि व्यवहार परिवर्तन’

Geruwa GIF

कृष्णसार अनलाइन । जुलाई २९ अर्थात  विश्व बाघ दिवस । संसारका अन्य देशमा झैँ नेपालमा पनि  विभिन्न कार्यक्रम गरेर बाघ दिवस मनाइएको छ । बाघ वनको राजा हो । तर पछिल्लो समय मानवीय गतिविधिले गर्दा वनको राजा बाघ लोप हुने अवस्थामा पुगेको छ । बाघलाई बचाइ राख्न संरक्षणका काम समेत हुन थालेका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले भन्नुभयो,‘बिरालो प्रजातिमा पर्ने बाघ प्रायः एक्लै बस्न मन पराउँछ । बाघ बलियो र शक्तिशाली भएकोले अन्य वन्यजन्तुको सिकार गरी खान्छ । औसत लम्बाइ ३.३८ मिटर भएको भाले बाघको तौल दुई सय ५० किलो हुन्छ । भने पोथी बाघको तौल एक सय ५० देखि दुई सय किलोसम्म हुने गरेको छ ।’

cld

उहाँले भन्नुभयो, ‘  बाघको शरीरमा गाढा सुन्तला रङका रौँले ढाकिएको हुन्छ । शरीरमा लामा लामा कालो रङको मोटा धर्साहरूको अलग अलग पाटा हुन्छ । त्यहीँ पाटाले  गर्दा बाघलाई पाटेबाघ भनिन्छ ।भने छातिमा सेतो तथा आँखा निलो र हरियो हुने बाघ एकदमै सुन्दर देखिन्छ ।  र एउटा बाघले ३ भन्दा बढी पोथी बाघ राख्ने गरेको पाइन्छ ।’ 

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षका अध्यक्ष हेमन्त आचार्यले वासस्थानको बिना र आहाराको अभाव गर्दा विश्वबाट लोप हुँदै गएको बाघ जोगाउन लागि धेरैले योगदान रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ बाघ बचाउन समुदायको योगदान महत्वपूर्ण रहेको छ । तर पछिल्लो समयमा बाघ संरक्षणको काम निकुञ्ज र सेनाको हो जस्तो मात्र गरिएको छ । त्यसकारण फेरि एकजुट भएर संरक्षणको काममा सबै एकमत हुन जरुरी रहेको छ ।’ उहाँले मानव वन्यजन्तुको बीचमा हुने द्धन्द न्यूनिकरण गर्नका इको क्लबमा आवद्ध रहेका विद्यार्थी माध्यमबाट काम गर्न जरुरी धारणा व्यक्त गर्नुभयो । 

विभिन्न अनुसन्धान अनुसार सामान्यतः भाले बाघको बासस्थान ४० वर्गमिटर किलोमिटर भनिएको छ । पछिल्लो निकुञ्जमा रहेको बाघको गतिविधि हेर्दा १० किलोमिटर दूरीमा  भाले पोथी र बच्चा गरी ११ वटा बाघसम्म देखिएको प्रकृति पद प्रर्दशक शुसिला महतराले बताउनु भयो । उहाँले भन्नुभयो,‘ मैले १० किलोमिटरको दूरीमा ४ चारवटा भाले बाघ देखेको थिए । अब बाघको बासस्थानको बारेमा थप अनुसन्धान हुन जरुरी पनि देखिएको छ ।’  

निकुञ्जभित्र ठूला ठूला घाँसे मैदान छ । वन्यजन्तुको लागि पानीको पोखरी छ । जसले गर्दा निकुञ्जमा चित्तल, मृग रतुवा बाह्रसिङे, नीलगाई जस्ता जनावर बढ्दै गएका छन् । सहज रुपमा आहारा पाइने हुनाले निकुञ्जमा बाघको सङ्ख्या बढेको छ ।  एकतिर बाघको  सङ्ख्या बढ्नु सकारात्मक पक्ष हो । भने अर्कोतिर बाघको आक्रमणबाट मानिसको मुत्यु हुनु दुःखद हो । बर्दियमा बाघको आक्रमण परी आर्थिक वर्ष २०७७÷०७८ देखि आर्थिक वर्ष २०८१÷०८२१ सम्म २९ जनाको मृत्यु भएको छ । भने आर्थिक वर्ष २०७७÷०७८ देखि आर्थिक वर्ष २०८१÷०८२१ सम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १८ बाघको मृत्यु भएको छ । 

सन् २०२२ को तथ्यांक अनुसार विश्वभर बाघको सङ्ख्या पाँच हजार सात ११ रहेको छ । बर्दिया, बाँके, शुक्लाफाँटा, पर्सा, चितवन राष्ट्रिय निकुञ्जमा गरी नेपालमा तीन ५५ वटा बाघ रहेको छ । भने बर्दिया एक सय २५ बाघ रहेको बर्दिया राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले बताउनु भयो । 

सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गका भएको विश्व बाघ मञ्चको बैठकले जुलाई २९ लाई बाघ दिवशको रुपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि निरन्तर रुपमा जुलाई २९ लाई संसारभरी बाघ दिवशको रुपमा मनाउन थालिएको हो । 

 ‘सह–अस्तित्व र आयआर्जन  बाघ संरक्षणको लागि व्यवहार परिवर्तन’ भन्दै विश्व बाघ दिवस मनाएको छ । भने बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक रोजाइ पनि बाघ हो । आर्थिक वर्ष २०८१÷०८२  मा २८ हजार ६७ जना, आर्थिक वर्ष २०८०÷०८१ मा २६ हजार एक सय ३१ जना,  आर्थिक वर्ष २०७९÷०८० मा २४ हजार तीन सय ९८ जनाले निकुञ्ज प्रवेश थिए । पाटे बाघलाई हेर्न स्वदेशी तथा विदेशबाट आउने पर्यटक सङ्ख्या बढिरहेको छ । त्यसकारण बाघबाट बच्न बानी परिवर्तन गर्रौँ । बाघ देखाउन देश विदेशबाट पर्यटक ल्याएर आर्थिक आयआर्जन गर्न जरुरी रहेको छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.