bardiyahospital

बाघ संरक्षणका लागि विद्यार्थी र समुदायसँग चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानले विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाएको छ । चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानले विद्यालय र समुदायमा स्तरमा विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाएको हो । 

चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका सदस्य रामराज ढकालले नयाँ पुस्तालाई संरक्षण र बाघको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो ।

cld

उहाँले भन्नुभयो, ‘जबसम्म समुदाय संरक्षण काम लाग्दैन । तबसम्म संरक्षण काममा विभिन्न अवरोध आउन सक्छ । त्यसकारण नयाँ पुस्तालाई संरक्षणका कुरा बुझाउन बाघ दिवसको अवसर पारेर बाघको चित्र बनाउन लगाउने र चित्रकला प्रर्दशनी गर्ने, विद्यालयका विद्यार्थीसँग मानिस बीच सहअस्तित्व विषयमा अन्तरक्रिया गरिएको छ । भने विद्यार्थीको सहभागितामा र्‍याली  निकाल्ने,  अनुहारमा बाघको आकृति बनाउने लगायतका गतिविधि गरिएको छ ।’

कार्यक्रममा बीबीएस मेमोरियल स्कुल,  नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वारा, जय लर्ड बुद्ध स्कुल, जगदम्बा माध्यामिक विद्यालय मढेलाका विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.