
कृष्णसार अनलाइन । बर्दियामा रेबिजको विरुद्धको भ्याक्सिन अभाव भएसँगै बिरामीले सास्ती भोग्नु गरेको छ । बर्दिया अस्पताल गुलरियामा कुकुर र बिरालो टोकेर रेबिज विरुद्धको खोप लगाउन आउने बिरामीले खोप नपाएपछि बिरामीले सास्ती भोग्नु परेको छ ।
कुकुर, बिरालो, चमेरो, स्याल, ब्वाँसो लगायतमा रेबिजको भएका वन्यजन्तुको टोकाइबाट लाग्ने प्राण घातक रोग हो । यो रोग लागेमा यसको उपचार संसारभर नै छैन् । यसबाट बाँच्ने एकमात्र उपाय भएको एन्टी रेबिज विरुद्धको खोप हो । यति महत्वपूर्ण हुँदा पनि सरकारले समयमा भ्याक्सिन नपठाउँदा बिरामीले सास्ती भोग्नु परेको छ । सरकारले अत्यावश्यक भएको हुँदा एन्टी रेबिज भ्याक्सिन निशुल्क उपलब्ध गराउँने भने, पनि पर्याप्त मात्रामा भ्याक्सिन नपठाउँदा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ । भ्याक्सिन अस्पताल भन्दा बाहिर सजिलै किन्न पनि पाइदैन् । यदि पाइ हालियो भन्ने पनि भ्याक्सिन राख्नका लागि आवश्यक पर्ने तापक्रमको ख्याल गरिएको हुँदैन ।

लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले पठाएको रेबिज विरुद्धको भ्याक्सिन बर्दिया अस्पताल गुलरियामा ०८१ चैत १९ गते, राजापुर प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा ०८१ फागुन २९ गतेदेखि रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ ।ठाकुरबाबा नगरपालिकामा चैत्र १४ गते सकिएको थियो । तर ठाकुरबाबा नगरपालिकाले आन्तरिक बजेटबाट रेबिज भ्याक्सिनको खरिद गरी भ्याक्सिनको अभाव हुन दिएको छैन भने अन्य ठाउँमा भ्याक्सिनको अभाव भएको छ ।
चालु आर्थिक वर्ष ०८१/०८२ को चैत्रसम्ममा ९ सय ५४ जनाले, आर्थिक वर्ष ०८०/८१ मा १ हजार २ सय ८ जनाले, आर्थिक वर्ष ०७९/८० मा १ हजार ४ सय २३ जनाले खोप लगाएको लगाएको बर्दिया अस्पताल गुलरियाको तथ्याङ्क रहेको छ । अस्पतालमा कुकुरले टोकेर रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि माग अनुसारको भ्याक्सिन नहुँदा बिरामीहरू भ्याक्सिन नपाएर फर्किनु पर्ने बाध्यता रहेको बर्दिया अस्पताल, गुलरियाका मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो ।


